नेपालका
पूर्व कप्तान विनोददासले पुबुदुको फोटो राखेर फेसबुकमा लेखेका छन्, ‘नो फेयरवेल नो गुडबाई । तपाईंलाई फेरि भेट्ने आशामा
पक्कापक्की र अहिलेको योगदानका लागि धन्यवाद । तपाईंको योगदान नेपाली क्रिकेटमा सँधै
बहसबिनाको विषय बन्नेछ ।’ यसअघि नै पुबुदुलाई बिदाई गर्दै प्रधानमन्त्री केपी शर्मा
ओलीले भनेका थिए, ‘यो बिदाइ कार्यक्रम होइन । निमन्त्रणा कार्यक्रम सम्झिए हुन्छ ।’
अहिलेका लागि क्यानडा फर्किए पनि पुबुदुले नेपाली क्रिकेटसँगको साइनोलाई चटक्कै नतोड्ने
संकेत भने गरेका छन् । उनले परिस्थिति मिले फेरि नेपाल आउने बताएका छन् । उनले खोजेको
परिस्थिति काम गरेर आफ्नो क्षमता अन्तर्राष्ट्रिय स्तरसम्म देखाउने परिस्थिति हो ।
त्यसका लागि क्यानले उनका दिर्घकालीन योजनामा साथ दिनुपर्ने हुन्छ । खेलाडीको सेवा–सुविधा,
अभ्यास र तयारीदेखि नयाँ क्रिकेट मैदानको निर्माण र क्यानको व्यवसायिकता समेतले यसमा
भूमिका खेल्छन् । यही परिस्थितिमा भने पूर्व प्रशिक्षक डायसजस्तै जागिर खानकै लागि
उनी नेपाल नआउने पक्का छ । प्रमाणित भइसकेको छ । पुबुदु जोखिम मोल्ने प्रकृतिका प्रशिक्षक
हुन् । नेपाली क्रिकेटमा यस्तै राजनीति चलिरहे उनी अर्को चुनौति खोज्न कतै निस्कनेछन्
। हेर्नुहोस् फेसबुकमा ।
Wednesday, December 2, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...