एजेन्सी - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वर्ष टिम घोषणा गरेको छ, दुबईस्थित मुख्य
कार्यालयमा आइसिसीले बुधबार सार्वजनिक गरेको एकदिवसीय ड्रिम टिमको कप्तान दक्षिण अफ्रिकी
ब्याट्सम्यान एबी डी भिलियर्सलाई बनाइएको छ । टेस्टतर्फ इंग्लिस ब्याट्सम्यान एलेस्टर
कुकले कप्तानी जिम्मेवारी पाएका छन् । आइसिसी क्रिकेट कमिटीका प्रमुख अनिल कुम्बलेको
संयोजकत्वमा एकदिवसीय र टेस्ट ड्रिम टिम सार्वजनिक भएको हो । यो टिममा उनका दुई साथी
खेलाडी जोए रुट र स्टुवार्ट ब्रड पनि परेका छन् ।
सन् २०१५ मा ३० वर्षीय कुकले फेरि
आफ्नो लय समातेका थिए । त्यसैको मदतले इङल्यान्डले अस्ट्ेरलिया र पाकिस्तानविरुद्धको
सिरिजमा राम्रो प्रदर्शन गरेको थियो । यस वर्ष उनी टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने
खेलाडीको सूचीमा शर्षि स्थानमा छन् । उनी आईसीको वर्ष टिममा चौथोपल्ट परेका हुन् ।
यस्तै दोस्रोपल्ट उनलाई कप्तानीको अवसर पनि दिइएको छ । ११ जनाको यो टिममा एकजना पनि
भारतीय खेलाडी परेका छैनन् । ‘टेस्ट र वान डे टिमका लागि घोषित टिममा परेका सबै खेलाडीलाई
बधाइ छ,’ भारतीय पूर्व कप्तान तथा आईसीसीको अवार्ड छनोट कमिटीका प्रमुख अनिल कुम्बलेले
भनेका छन् । टेस्ट टिममा परेका अरु खेलाडीमा अस्ट्ेरलियाका डेविड वार्नर, न्युजिल्यान्डका
केन विलियमसन, पाकिस्तानका युनिस खान र अस्ट्ेरलियाका स्टिभ स्मिथ छन् । यस्तै पाकिस्तानकै
सरफराज अहमद, न्युजिल्यान्डका ट्ेरन्ट बोल्ट, पाकिस्तानका यासिर साह र अस्ट्ेरलिया
जोस हेजलउडल पनि टिममा परेका छन् । यस्तै भारतका रविचन्द्रन आश्विन १२ औं खेलाडी छन्
। वान डेको घोषित वर्ष टिममा कप्तान दक्षिण अफ्रिकाका एबी डे भिल्लियर्स परेका छन्
। टिमका अन्य सदस्यमा श्रीलंकाका तिलकरत्ने दिल्सन, दक्षिण अफ्रिकाका हसिम अमला, श्रीलंकाका
कुमार संगकरा, अस्ट्ेरलियाका स्टिभ स्मिथ, न्युजिल्यान्डका रस टेलर, न्युजिल्यान्डका
ट्ेरन्ट बोल्ट, भारतका मोहम्मद सामी, अस्ट्ेरलियाका मिचेल स्टार्क, बंगलादेशका मस्तफिजुर
रहमान र दक्षिण अफ्रिकाका इमरान ताहिर छन् । जोए रुट १२ औं खेलाडी छन् ।
आइसिसी टेस्ट
वर्ष टोल:
एलिस्टर कुक
(इङ्ल्यान्ड, कप्तान), डेविड वार्नर (अस्ट्रेलिया), केन विलियम्सन (न्युजिल्यान्ड),
युनिस खान (पाकिस्तान), स्टिभ स्मिथ (अस्ट्रेलिया), जोए रुट (इङ्ल्यान्ड), सरफराज अहमद
(पाकिस्तान), स्टुवार्ट बोर्ड (इङ्ल्यान्ड), ट्रेन्ट बोल्ट (न्युजिल्यान्ड), यासिर
खान (पाकिस्तान), जोसे हाज्लेउड (अस्ट्रेलिया) र १२औं खेलाडी रविचन्द्रन अविश्न (भारत)।
आइसिसी एक दिवसिय
टोली:
एबी डी भिलियर्स
(दक्षिण अफ्रिका, कप्तान), तिलकरत्ने दिलसान (श्रीलंका), हासिम अमला (दक्षिण अफ्रिका),
कुमार सांगाकारा (श्रीलंका), स्टिभ स्मिथ (अस्ट्रेलिया), रोस टेलर (न्युजिल्यान्ड),
टे्रन्ट बोल्ट (न्युजिल्यान्ड), मोहम्मद सामी (भारत), मिचेल स्टार्क (अस्ट्रेलिया),
मुस्ताफिजुर रहमान (बंगलादेश), इमरान ताहिर (दक्षिण अफ्रिका) र १२ औं खेलाडी जोए रुट
(इङ्ल्यान्ड)।
Thursday, December 3, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...