उन्नाइस
वर्षमुनी (यु–१९) लिग क्रिकेट प्रतियोगिताअन्तर्गत यु–१९ निलो टोलीले यु–१९ हरियो टोलीलाई
८१ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा
टस जितेर पहिले ब्याटिङ गरेको निलोले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २२९
रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको हरियो ४२ ओभर ४ बलमै अलआउट हुँदा १४८ रनमा समेटियो
। निलोलाई सहज जित दिलाउन पवन थापाले ४९, सन्दीप सुनारले ४५, कप्तान आरिफ शेखले ३५,
इशान पाण्डेले २३, आशिफ शेखले २० तथा अरुण ऐरीले अविजित रहँदै १४ रनको योगदान गरेका
थिए । त्यस्तै, कप्तान आरिफले ४, इर्शाद अहमदले ३, रिजन ढकालले २ तथा दीपेश श्रेष्ठले
१ विकेट लिएपछि हरियो टोली पराजित भयो ।
हरियोका कुशल भुर्तेलले २४ र हिमांशु दत्तले
३१ रन तथा अविनाश बोहरा र ललित राजवंशीले २÷२ विकेट लिए पनि हार टरेन । आजको जितले
४ अङ्क बनाएको निलो टोली समान अङ्क बनाएको रातो टोलीसँगै लिगको शीर्ष स्थानमा छ भने
हरियो टोलीले २ अङ्क मात्र जोडेको छ । यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले
आगामी जनवरीमा बङ्गलादेशमा हुने यु–१९ विश्वकपका लागि बन्ने टोलीमा ठाउँ बनाउने नेपाल
क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।
Wednesday, December 2, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...