पूर्वसभासद्
स्वर्गीय हरिबहादुर खड्काको स्मृतीमा नेपाल विद्यार्थी संघ बाग्लुङले पश्चिमाञ्चलमै
ठूलो पुरस्कार राशीको टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजन गर्ने भएको छ । बाग्लुङमा
पत्रकार सम्मेलन गरी ५५ हजार पुरस्कार राशीकोे प्रथम हरि खड्का स्मृती टि–ट्वान्टी
कप आयोजना गर्न लागेको जानकारी दिईयो । दोस्रो संविधान सभामा निर्वाचनमा बाग्लुङ
क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित खड्काको सडक दुर्घाटनामा निधन भएको वार्षिक
पूण्य तिथिको दिन पारि प्रतियोगिता आयोजना गर्न लागिएको नेविसंघ बाग्लुङलका अध्यक्ष
खड्क थापाले जानकारी दिए । गत
वर्ष मङ्सिर १७ मा दुर्घटनामा पर्नुभएका खड्काको उपचारका क्रममा मङ्सिर २१ गते निधन भएको थियो । बागलुङ नगरपालिका–१
स्थित बाङ्गेचौर खेलमैदानमा यही मंसिर
२१ गतेबाट सुरु हुने प्रतियोगतिामा विजयी टीमले ५५ हजार ५ सय ५५ तथा उपविजेताले ३३
हजार ३ सय ३३ रुपैयाँसहित मेडल र प्रमाणत्र हात पार्ने छन् । यस्तै उत्कृष्ट बलर,
ब्याट्सम्यान तथा म्यान अफ द म्याच र म्यान अफ द सिरिजलाई पनि पुरुस्कृत आयोजकले
जनाएको छ । बाग्लुङमै आयोजना हुने सो प्रतियोगितामा सहभागिताका लागि हालसम्म बग्लुङसहित
पर्वत, म्याग्दी, कास्की, रुपन्देही, स्याङजा, तनहुँ, बर्दिया लगायतका जिल्लाबाट १६
टीमले नाम दर्ता गराइसकेको अध्यक्ष थापाले बताए । प्रतियोगिता सम्पन्न गर्न करिव
५ लाख ५५ हजार ३ सय ८८ रुपैयँ खर्च लाग्ने अनुमान गरिएको छ । खर्च हुने
रकमको जोहो स्वर्गीय खड्काको परीवार तथा विभन्न संघ-संस्था एवम् शुभचिन्तकबाट
गरिने लक्ष्य छ ।
Wednesday, December 2, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...