एजेन्सी
- भारतमा एक स्कुले किशोरले विस्फोटक ब्याटिङ गर्दै १००९ रन बनाएका छन् । मुम्बईको स्कुल क्रिकेटको यू-१६ प्रतियोगितामा
१५ वर्षका प्रणव धनावडेले ३२३ बलमा अविजित १००९ रन बनाएका हुन् ।
६ घन्टा ३५ मिनेटसम्म
क्रिजमा रहेका उनले ५९ छक्का र १२९ चौका हाने । आर्य गुरुकुल स्कुलविरुद्धको खेलमा
केसी गान्धी स्कुलले ३ विकेटको क्षतिमा १४५५ रन बनाएर पारी समाप्तीको घोषणा गरेको थियो
। मुम्बई क्रिकेट एशोसिएसनद्वारा आयोजित ‘एचटी भण्डारी कप इन्टर स्कुल क्रिकेटमा प्रणवले
सोमबार १९९ बलमा ६५२ रन बनाएका थिए । सिद्धेश पटेल १०० रनमा क्रिजमा थिए । प्रणवले
सोमबार नै मुम्बईका पृथ्वी शाको ५४६ रनको रेकर्ड तोडेका थिए । प्रणव ब्याट्सम्याना
विराट कोहलीलाई आफ्नो प्रेरणाको स्रोत मान्छन् र विभिन्न चार प्रतियोगितामा सर्वाधिक
रन बनाएर अवार्ड जितिसकेका छन् । उनका बुबा ठाणेमा अटो रिक्सा चलाउँछन् ।
स्कुल
क्रिकेटमा सचिन तन्दुलकर-विनोद कांबलीको रेकर्ड अरमान जाफर-सरफराज खानले तोडेका थिए
। त्यसलाई पृथ्वी शाले तोडे । अब उनको रेकर्ड तोड्दै प्रणवले आफ्नो नाममा लेखाएका
छन्
।
Wednesday, January 6, 2016
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...