आजदेखि सुपर टेनका खेलहरू
ट्वेन्टी
ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आझदेखि सुपर टेनका खेलहरू सुरू हुनेछन्।
ट्वान्टी–२० क्रिकेटको सर्वोच्च प्रतियोगिताको खास प्रतिस्पर्धा मंगलबारदेखि सुरु हुँदैछ
। पहिलोपल्ट भारतीय भूमिमा आयोजना हुन लागेको विश्व ट्वान्टी–२० को समूह चरण सुरु हुनेछन्
।
अहिलेसम्म प्रतियोगितामा विवाद नै बढी देखिएका छन्, जस्तो पाकिस्तानको सुरक्षा चिन्ता,
टिकट बिक्रीमा ढिलाइ, अनि डिफेन्डिङ च्याम्पियनको खराब प्रदर्शन । तर
यी विवादले पनि प्रतियोगिताको रौनकता भने कम छैन । भारतीय क्रिकेट समर्थकलाई विश्वास
छ, कप्तान महेन्द्रसिंह धोनीलाई यसपल्ट फेरि भाग्यले साथ दिनेछ र भारतीय टिमले कोलकाताको
प्रतिष्ठित इडेन गार्डेनमा हुने फाइनलमा खेल्नेछ । भारतले आफ्नो पहिलो खेल मंगलबार
राति नागपुरमा न्युजिल्यान्डविरुद्ध खेल्दैछ । धेरैले के अपेक्षा गरेका छन् भने धोनीले
यस प्रतियोगितापछि संन्यास लिनेछन् । त्यसैले भारतीय क्रिकेट खेलाडी र समर्थक उनलाई
स्वप्लिन बिदाइ दिन चाहन्छन् । उनकै नेतृत्वमा पाँच वर्ष अगाडि भारतले आफ्नै भूमिमा
५० ओभरको विश्वकप जितेको थियो । धोनीलाई ‘क्याप्टेन कुल’ पनि भनिन्छ । उनको उत्तर पनि
यस्तै छ । सन् २००७ मा उनकै नेतृत्वमा भारतले पहिलो संस्करणको विश्व ट्वान्टी–२० जितेको
थियो । यसपल्ट भने उनी भन्छन्, ‘धेरै टाढाको सोच्नुभन्दा हामी विस्तारै प्रतियोगितामा
अगाडि बढ्न चाहन्छौं ।’ संन्यास लिइसकेका वीरेन्द्र सहवाग भने भारतीय टिमले जित्नेमा
ढुक्क भएको मान्छन् ।
सन् २०११ को विश्वकप विजयी टिमका धोनीका साथी खेलाडी सहवाग भारतले
जित्ने सम्भावना ९९ प्रतिशत रहेको मान्छन् । सन् २००७ मा सचिन तेन्दुलकर र राहुल द्रविड
भारतीय टिममा रहे पनि धोनीलाई दक्षिण अफ्रिकामा भएको प्रतियोगितामा नेतृत्व दिइएको
थियो । अहिले पनि भारतीय टिम ट्वान्टी–२० लयमै देखिएको छ । उसले पछिल्ला ११ खेलमध्ये
दसमा जित निकालेको छ । भारतलाई सबैभन्दा बढी चुनौती दिने टिम मानिएको छ, दक्षिण अफ्रिका
। तर उसका प्रमुख खेलाडी डेल स्टेयन घाइते छन् । टिममाथि त्यसै पनि ‘चोकर्स’ को छाप
छ । तर दक्षिण अफ्रिकाका प्रतिद्वन्द्वी टिमका लागि एबी डे भिल्लियर्सको उपस्थिति नै
जितका लागि आधार हुन सक्ने मानिन्छ । डे भिल्लियर्स बराबरकै खेलाडीमा गनिन्छन्, वेस्ट–इन्डिजका
क्रिस गायल ।
एकपल्ट गायल चम्किनुपर्छ, उनलाई रोक्न गाह्रो छ । अस्ट्रेलिया प्रत्येकपल्ट
जस्तै बलियो टिम रहेको छ । उसका दुई प्रमुख खेलाडी डेविड वार्नर र ग्लेन म्याक्सवेल
महत्त्वपूर्ण सावित हुन सक्नेछन् । तर कप्तान स्टिभ स्मिथको टिमका बलरमा अनुभवको कमी
छ । कप्तान ब्रेन्डन म्याकलमको संन्यासपछि न्युजिल्यान्ड पनि कमजोर बनेको छ । कुमार
संगकरा र महेला जयबद्र्धनेको संन्यासपछि सन् २०१४ को विजेता श्रीलंका पनि कमजोर देखिएको
छ ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...