काठमाडौं
– खेलाडी तथा समर्थकले निकै रुचाएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक
पुबुदु दासानायके वैशाखमा नेपाल आउने सम्भावना छ । यसपटक पुबुदु प्रशिक्षकको रुपमा
नभई दर्शकको रुपमा नेपाल आउने लागेका हुन् । राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक दासानायके
आउँदो वैशाख ४ र ६ गते नामिबियासँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल हेर्न
आउने सम्भावना रहेको नेपाल क्रिकेट संघ क्यानकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) भावना
घिमिरेले बताइन् । घिमिरेले भनिन् ‘कुरा भइरहेको छ । उहाँले आउने मन गर्नु भएको छ ।
खेल अघि नै उहाँ आउने सम्भावना छ । तर निश्चित भने भइसकेको छैन ।’ प्रशिक्षक दासानायके
गएको पुषमा सम्भौता सकिएपछि क्यानडा फर्किनुभएको थियो । नामिबियासँगको खेलका लागि २५
जना खेलाडी छनौट भएका छन् ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...