काठमाडौं
- आयोजक भारत र अस्ट्रेलिया दुवै समान अवस्थामा एकअर्काको सामना गर्दैछन्। ट्वान्टी–२०
विश्वकपको सुपर १० मा यी दुई ठूला टोली भिड्दा जित्ने टोली सेमिफाइनल पुग्नेछ भने पराजित
हुने टोली प्रतियोगिताबाट बाहिरिन्छ। त्यसअर्थमा आइतबार हुने खेल दुवैका लागि 'गर या
मर' को हुनेछ। भारतले बंगलादेशमाथि १ रनको सनसनीपूर्ण जित निकालेको भोलिपल्ट शुक्रबार
अस्ट्रेलियाले पाकिस्तानलाई २१ रनले हराएको थियो। दुवैले पछिल्लो खेलमा जित निकालेपछि
सेमिफाइनलसम्भावना जीवित राखेका हुन्। 'भारतसँगको खेलको ठूलो अर्थ हुनेछ। जो जित्छ
त्यही टोली अघि बढ्नेछ,' पाकिस्तानलाई हराएपछि अस्ट्रेलियाका तीब्र गतिका बलर जेम्स
फाउल्कनरले भनेका थिए, 'अब त्यो सबै हाम्रो काँधमा आएको छ। लगातार दुई खेल जितेका छौं।
अब यसलाई निरन्तरता दिँदै अघि बढ्नुपर्छ।' 'विश्वकप जित्नका लागि अब लगातार तीन खेल
जित्नैपर्दछ,' पाकिस्तानविरुद्ध ५ विकेट लिएपछि उनले भनेका थिए। ट्वान्टी–२० क्रिकेटको
एकै खेलमा ५ विकेट लिने उनी पहिलो अस्ट्रेलियन खेलाडी हुन्। एकदिवसीय क्रिकेटको विश्वविजेता
अस्ट्रेलिया टेस्टको वरीयतामा पनि शीर्षस्थानमा छ। तरट्वान्टी–२० विश्वकपका पाँच संस्करण
सकिँदासम्म अस्ट्रेलिया च्याम्पियन बन्न सकेको छैन। यदि यसपल्ट अस्ट्रेलियाले विश्वकप
जित्यो भने त्यो अलराउन्डर शेन वाट्सनका लागि सुखद बिदाइ हुनेछ। जारी प्रतियोगिताकै
क्रममा उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरिसकेका छन्। वाट्सन अस्ट्रेलियन
टोलीका महŒवपूर्ण खेलाडी रहँदै आएका छन्। अस्ट्रेलियाले सन् २००७ र गतवर्ष विश्वकप
जित्दा उनी त्यसका सदस्य थिए। २००६ र २००९ को च्याम्पियन्स ट्रफीको फाइनल खेल्दा पनि
वाट्सन टोलीमा थिए। यो विश्वकपमा पछिल्लो दुई खेल लगातार जितेको अस्ट्रेलिया पहिलो
खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो। न्युजिल्यान्ड लगातार तीन खेल जितेर अन्तिम
खेलअघि नै सेमिफाइनल पुगिसकेको थियो। भारत पनि उद्घाटन खेलमा न्युजिल्यान्डसँग नै पराजित
भएको हो। समूह २ को अन्तिम खेलअघि अंकतालिकामा समान ४ अंक भएपछि रनरेटका आधारमा अस्ट्रेलिया
दोस्रो र भारत तेस्रो स्थानमा छन्। पहिलो संस्करणको विजेता भारतले पाकिस्तानलाई हराउँदै
जारी विश्वकपमा फर्केको हो।
त्यसपछि भने टोलीले बंगलादेशविरुद्ध सनसनीपूर्ण नतिजा निकाल्दै
अन्तिम चारको सम्भावना बलियो बनायो। भारतले आइतबार हुने खेलमा कुनै किसिमको अवरोध नपुगोस्
भन्ने कामना गर्नेछ। यदि खेल बीचमै रोकिएको खण्डमा आयोजक प्रतियोगिताबाट बाहिरिने छ
भने राम्रो रनरेट भएको अस्ट्रेलिया अघि बढ्नेछ। भारतीय स्टार ब्याट्सम्यान विराट कोहलीले
पनि अस्ट्रेलियाविरुद्ध उच्च मनोबलसाथ खेल्नुपर्ने भए पनि आत्तिनुपर्ने अवस्था नरहेको
बताएका छन्। 'मलाई लाग्छ अहिलेको अवस्थालाई निरन्तरता दिँदै अघि बढ्ने हो। जसले हामीलाई अझै अर्को
चरणमा पुर्याुउन मद्धत गर्नेछ,' शनिबारको प्रि–म्याच कन्फ्रेन्समा उनले भने,'हरेक बल
सम्हालिएर खेल्नुपर्छ भन्ने हामी कहिलेकाहीं बिर्सन्छौं। त्यसमा ख्याल गर्न जरुरी छ।
किनकि यो खेलमा लक्ष्य पछ्याउँदै पनि जित्नुपर्ने हुन्छ। यो यस्तो प्रणाली हो जहाँ
ब्याटिङ वा फिल्डिङ जे गरेपनि १ सय २० बलनै ध्यानमा राख्नुपर्दछ। हामीले आफ्नो क्षमताअनुसारप्रदर्शन
गर्ने हो भने अघि बढ्न कठिन हुने छैन।'
टोलीमा को को ?
भारत (सम्भावित): रोहित शर्मा, शिखर धवन,
विराट कोहली, सुरेश रैना, हार्दिक पाण्डेय, महेन्द्र सिंह धोनी, युवराज सिंह, रविन्द्र
जडेजा, रविचन्द्रन आश्विन, जसप्रित बुमराह र आशिष नेहरा ।
अस्ट्रेलिया (सम्भावित): उसमान खावाजा, एरोन फिन्च,
डेविड वार्नर, स्टेवन स्मिथ, ग्लेन म्याक्सवेल, सेन वाट्सन, जेम्स फल्कनर, पिटर नेविल,
एठम जामपा, जोन ह्यासटिङ, जोस हेजलउड ।
आइतबार
दिउँसो सवा तीन बजे समूह ‘एक’ अन्तर्गत अफगानिस्तान र वेष्ट इन्डिजबिच नागपुरमा खेल
हुनेछ ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...