प्रशिक्षक
पुबुदु दसानायकेले नेपाली क्रिकेटबाट बिदाइ लिएका छन् । उनी शनिबार राति १० बजेको उडानबाट
गृहनगर क्यानाडा फर्किन लागेका हुन् । उनले नेपाली क्रिकेटको परिस्थिति परिवर्तन भए
र आफूले खुलेर काम गर्न पाए फेरि नेपाल फर्किन सकिने बताएका छन् ।
फर्किनु अगाडि उनले
भने, ‘नेपालले चाहान्छ भने म फर्केर आउछु ।’ श्रीलंकाका पूर्व विकेटकिपर दसानायकेको
प्रशिक्षणमा नेपालले २०१४ को मार्चमा बंगलादेशमा विश्व ट्वान्टी–२० मा खेलेको थियो
। जुन नेपाली क्रिकेटको मात्र नभएर नेपाली खेलकुदकै अहिलेसम्मको ठुलो सफलता हो । सन्
२०११ को अक्टोबरमा दसानायकेको पहिलो पटक नेपाल आएका थिए । उनकै प्रशिक्षणमा नेपालले
२०१२ मा विश्व क्रिकेट लिग डिभिजन ४ जितेको थियो । त्यसपछि नेपालले २०१३ र १४
मा गरी २ पटक डिभिजन ३ जितेको थियो । दसानायकेले नै नेपाललाई एसीसी ट्वान्टी–२० कपमा
पहिलो पटक सेमिफाइनल र फाइनमा पुर्याएका थिए । दसानायकेको
यो दोस्रो कार्यकाल हो । नेपाललाई विश्व ट्वान्टी–२० मा उतारेर आएको अर्को महिना उनलाई
नेपाल क्रिकेट संघले खर्च अभावको बहानामा विदाई गरेको थियो । तर सरकारले हस्तक्षेप
गरी केही महिनापछि दसानायकेलाई फेरी नेपाल ल्याएको थियो ।
दसानायकेलाई शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ
गरेका
थिए । ओलीले पनि यसलाई अन्तिम बिदाइको रुपमा नलिन आग्रह गर्दै सवै मिलेमा फिर्ता बोलाइन
सक्ने संकेत गरेका थिए । नेपाल क्रिकेट संघ गुट उपगुटमा छ । त्यसमध्येको दुई खेमाले
दासानायकेलाई शनिबार छुट्टा छुट्टै बिदाई गरेका थिए ।
तस्बिरहरु
: कौशल अधिकारी/कान्तिपुर
Sunday, November 29, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...