एजेन्सी
- अस्ट्रेलियाले सुरक्षा कारण देखाउँदै २२ जनवरीदेखि बंगलादेशमा हुने यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता नजनाउने घोषणा गरेको छ । अस्ट्रेलियन क्रिकेट
बोर्डका प्रमुख कार्यकारी जेम्स सुथेल्यान्डले बंगलादेशको सुरक्षा व्यवस्था कमजोर रहेकाले
टोली नपठाउने निर्णय भएको जानकारी दिएका छन् । गत अक्टोबरमा पनि सिनियर पुरुष क्रिकेट
टोलीले पनि सुरक्षाकै कारण बंगलादेश भ्रमण गरेन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल
(आइओसी)ले अस्ट्रेलियाको स्थानमा आयरल्यान्डलाई सहभागी गराउने भएको छ । गत अक्टोबरमा मलेसियामा
सम्पन्न यू–१९ विश्वकप क्रिकेट छनोटमा आयरल्यान्ड उपविजेता बनेको थियो ।
नेपाल विजेता
हुँदै ओलम्पिकमा छनोट भएको थियो । आइसिसीले अस्ट्रेलियन क्रिकेट बोर्डको निर्णयले दु:खी
बनाएको जनाएको छ । ‘अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना भइरहँदा आइसिसीले आयोजकसँग
सहकार्य गर्दै खेलाडीको सुरक्षा व्यवस्था मिलाउँछ, हामीले ढाकामा कडा सुरक्षा व्यवस्था
प्रबन्ध गरेका छौँ,’ आइसिसीका प्रमुख डेभिड रिचाड्सनले भने, ‘आयोजकले सबै सुरक्षा निकायलाई
कडा सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ ।’ आइसिसीले आयोजक बंगलादेशसँग सुरक्षासम्बन्धी
छलफल भइरहेको जनाएको छ । ‘हामी आयोजकसँग सुरक्षासम्बन्धी कुराकानी गरिरहेका छौँ, बंगलादेशमा
खेलाडी सुरक्षित हुनुपर्छ,’ आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अस्ट्रेलियन
बोर्डका जेम्सले बंगलादेशको सुरक्षा प्रबन्ध चित्तबुझ्दो नभएको दाबी गरेका छन् । सुरक्षा
व्यवस्था कमजोर हुँदा नै सिनियर टोलीले बंगलादेश भ्रमण नगरेको उनले जनाए ।
Wednesday, January 6, 2016
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...