एजेन्सी
- भारत आन्ध्र प्रदेशको एक अदालतले क्रिकेटर
महेन्द्रसिंह धोनीविरुद्ध वारेन्ट जारी गरेको छ । टीम इण्डियाका वन डे कप्तान धोनीविरुद्ध
अदालतमा उपस्थित हुन जमानती वारेन्ट जारी भएको हो । समाचार एजेन्सी बिबिसीका अनुसार हिन्दुको धार्मिक भावनामा
चोट पुर्याएको भन्दै परेको उजुरीमा अदालतले यो कदम चालेको हो । गोपाल राय र श्यामको
उजुरीका आधारमा यो वारेन्ट जारी भएको हो । उनीहरु हिन्दु दक्षिणपन्थी संगठन आवद्ध रहेको
बताइएको छ । दुबैले गत वर्ष एक विजनेश पत्रिकामा छापिएको धोनीको तस्वीरलाई लिएर उजुरी
गरेका थिए । तस्वीरमा धोनीलाई देवताको अवतारमा देखाइएको थियो ।
Saturday, January 9, 2016
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...