गुलबदीन
नायबको उत्कृष्ट पारीको मदतमा पाँचौ एकदिवसीयमा २ विकेटको जित हात पार्दै अफगानिस्तानले जिम्बाबेविरुद्धको सिरिज ३-२ ले जितेको छ । यससँगै अफगान एकदिवसीय र्याङ्किङको
टप १० मा कायमै रहने भएको छ । सुरुवाति दुई खेल जितेको अफगानिस्तानले तेस्रो र चौथो
एकदिवसीय हारेको थियो । र, एकदिवसीय र्याङ्किङको टप १० मा कायमै रहन अन्तिम खेल जित्नै
सिरिज जित्नै पर्ने दबाव थियो । यूएईको सारजाह क्रिकेट स्टेडियममा जिम्बाबेले जितका
लागि अफगानिस्तानसामू २४९ रनको लक्ष्य प्रस्तुत गर्यो । अफगानले नायबको उत्कृष्ट पारीको
मद्दतमा अन्तिम २ बल बाँकी छँदा ८ विकेट गुमाएर लक्ष्य भेट्टायो । अफगानिस्तानको जितमा
नाबीले महत्वपूर्ण पारी खेले । ६८ बलको सामना गरेका उनले ६ छक्का र ३ चौकाको मदतमा
अविजित ८२ रन बनाए । यो उनको अन्तराष्ट्रिय करियरकै सबैभन्दा राम्रो इनिङसमेत हो ।
अन्तिम ओभरमा अफगानलाई १० रन चाहिएको अवस्थामा नायबले पहिलो बलमा २ रन लिए । दोस्रो
बल बाइड गयो र भने अर्को बलमा नायबले चौका हाने । तेस्रो बलमा दुई रन जोड्दै स्ट्राइक
आफैंसँग राखेका उनले चौथो बलमा छक्का हान्दै अफगानिस्तानलाई जित दिलाए । यसअघि पहिले
ब्याटिङ गरेको जिम्बाबेले हृयामिल्टन मसकदजा अन्तिम बल खेल्नु अघि सबै विकेट गुमाएर
२४८ रन बनाएको थियो । उसका लागि हृयामिल्टन मसकदजाले ११० रन बनाए ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...