नेपाली
यु १९ क्रिकेट टाेली अाउँदाे जनवरी २२ तारिख देखि बंगलादेशमा हुने यु १९ विश्वकपका
तयारीका लागि यतिवेला भारतकाे धर्मशालामा अभ्यासरत छ । टाेलीकाे तयारी, व्यवस्थापन
अादिका विषयमा नेपाली यु १९ क्रिकेट टीमका कप्तान राजु रिजालसँग प्रतिनिधी यज्ञराज जाेशीले गर्नुभएकाे छाेटाे कुराकानीकाे
एक सम्पादित अंश।
१)
धर्मशालाकाे चिसाेमा अाफुहरूलाइ कसरी न्यानाे बनाइराख्नु भएकाे छ ?
–
हामी दैनिक नियमित अभ्यासमा छाै, फिटनेश हुन्छ, अापसी म्याच अनि टुर्मामेन्टकाे गर्मीले
मैदान भित्र हामीलाइ सधै न्यानाे बनाइरहेकाे छ । बाहिरी चिसाेबातावरण बाट बाच्न हामीले
पहिले नै अावश्यक न्यानाे कपडाहरू बाेकेर अाएका छाै, क्यानले पनि त्यसै अनुसार व्यवस्था
गरिदिएकाे छ ।
२)
दुइवटा अभ्यास खेल खेलिसक्नु भएकाे छ, कतिकाे सुधार देखिदैछ ?
-हाे,
हामीले केही दिनकाे अभ्यास पछि धर्मशालामा दुइवटा अभ्यास खेल खेल्याै, एउटामा हार अनि
अर्काेमा जीत गरि मिश्रित नजिता निस्काे, दुबै टाेलीमा रणजी तथा यहाँका स्टेटलेभर खेलिसकेका
प्लेयरहरू थिए । राम्रा टीमहरूसँगकाे अभ्यासले केही अात्मवल अवश्य बढेकाे छ । साथै
प्रशिक्षककाे कडा मेहनत तथा क्यानकाे व्यवस्थापनले हामी अझै राम्राे गर्न सक्छाै जस्ताे
लागेकाे छ ।
३)
व्यवस्थापनकाे कुराे उठाइहाल्नुभयाे, पहिले खेलाडीहरूले क्यानकाे व्यवस्थापन निकै फितलाे
भएकाे अनुभव सुनाउँथे, अहिलेकाे व्यवस्थापन कस्ताे छ ?
–
निकै राम्राे अनि चुस्त व्यवस्थापन छ, सवै कुरा ठिक समयमा भइरहेकाे छ । अभ्यासका लागि
अावश्यक कुराहरूकाे व्यवस्थापन क्यानले गरिदिएकाेमा खेलाडीहरू पनि खुशी छन । हामी निश्चिन्त
भएर अभ्यासरत छाै, कुनै पनि खेलाडीबाट याे भएन त्याे भएन भन्ने सुन्नमा अाएकाे छैन
। व्यवस्थापकले नै हामीलाइ पुर्ण रूपमा खेलमा ध्यान दिन र अावश्यक सम्पुर्ण कुराकाे
जिम्मेवारी अाफुले लिने भन्नुभएकाे छ । हामी त्यसै अनुरूप पुर्ण रूपमा खेलमा ध्यान
दिइरहेका छाै ।
४)
पहिलाे पटक नेपाली यु १९ टाेलीलाइ विश्वकपसम्म डाेर्याउदै हुनुहुन्छ, कस्ताे अनुभुति
भइरहेकाे छ ?
–
निकै खुशी छु, विश्वकपले सारा विश्वका मान्छेहरूकाे ध्यान खिच्ने गर्दछ, त्यहाँ अाफ्नाे
देशकाे प्रतिनिधित्व गर्न पाउँदा गाैरव महशुस गरेकाे छु । अनि देशकाे प्रतिष्ठा, मान
उच्च राख्न तथा नेपालीलाइ एकजुट भइ एकताकाे सुत्रमा बाध्न हामी एकजुट भएर उच्चस्तरकाे
खेल काैशल देखाउँन सक्नेमा विश्वस्त छुँ ।
५)
सुरक्षाकाे कारण देखाउँदै नेपालमा ग्रुपमा रहेकाे अष्ट्रेलियाले सहभागिता नजनाउने भएकाे
छ, यसले टीमलाइ केही सहज भएकाे हाे ?
–
अष्ट्रेलियालाइ निकै माथिल्लाे स्तरकाे टीम मानिन्छ । उसलाइ उपाधीकाे दाबेदारका रूपमा
पनि उभ्याउने गरिन्थाे । अष्ट्रेलिया र भारत जस्ताे टीम हाम्राे समुहमा हुँदा हामीलाइ
केही अप्ठाराे भने पक्कै थियाे तर हामीले कहिल्यै त्यस अनुरूप लिएका छैनाै । हामीले
अाफ्नाे खेलमा विश्वास गर्नुपर्छ, न की काे कस्ताे छ भनेर, भाेली हामीले राम्राे खेल्न
सक्याै भने नतिजा हाम्राे पक्षमा पनि हुन सक्छ । र मलाइ विश्वास छ हामी राम्राे खेल्नेछाै
।
६)
टाेलीले कुन लक्ष्य लिएर खेल्नेछ त विश्वकपमा ?
–
हाम्राे पहिलाे लक्ष्य भनेकै समुहचरण पार गरि दाेस्राे चरणमा प्रवेश गर्नु हाे । समुह
चरणमा भारत र अाइरल्याण्डसँग प्रतिस्पर्धा हुनेछ । हाम्राे सम्पुर्ण फाेकस पनि अहिले
त्यही रहेकाे छ ।
७)
क्यानले भर्खरै दिल्लीमा अफगानिस्तानकाे यु १९ टाेलीसँग २ वटा अभ्यास खेलकाे प्रबन्ध
मिलाएकाे छ, कतिकाे उत्सुक हुनुहुन्छ ?
–
यस निर्णयले म मात्र हैन, सवै खेलाडी उत्सुक छाै । विश्वकपका तयारीका लागि हामीले राम्रा
टाेलीहरूसँग प्रतिस्पर्धा गर्नै पर्थ्याे र त्याे केही हदसम्म पुरा हुने देखेकाे छु
। पछिल्लाे समय अफगानिस्तानमा निकै राम्रा प्रतिभाहरू देखिएका छन । हामीले राम्राे
गर्न सक्याै भने खेलाडीहरूकाे मनाेबल पनि उच्च हुनेछ ।
८)
अन्त्यमा एउटा फरक प्रसंग, धनगढी क्रिकेट लिगका लागि भएकाे अक्सनमा अन्य अन्तराष्ट्रिय
खेलाडीलाइ पछि पार्दै सवैभन्दा महँगा खेलाडीकाे रूपमा देखा पर्नुभयाे ? यसले नेपाली
क्रिकेटमा तपाइकाे लाेकप्रियता बढेकाे हाे भन्ने लाग्दैन तपाइलाइ ?
–
धनगढी क्रिकेट एकेडेमीले अायाेजना गर्ने धनगढी क्रिकेट लिग भाग ३ काे अक्सनमा सन्ताेषी
टाेल टीमले सवैभन्दा महँगाेमा मलाइ खरिद गरेकाे थाहा पाउँदा खुशी लाग्याे । मैले यसलाइ
मेराे मेहनतकाे कदर भएकाे रूपमा लिएकाे छु, साथै नेपालमा क्रिकेटलाइ व्यवसायिकतामा
लैजाने डिसिएकाे प्रयास सह्राननिय छ । जहाँसम्म मेराे लाेकप्रियताकाे कुराे छ, म एक
क्रिकेट खेलाडी हुँ । मैले मेराे सम्पुर्ण ध्यान क्रिकेट सिक्नमा लगाएकाे छु, अभ्यास
गर्नमा लगाएकाे छु, राम्राे खेल्नमा लगाएकाे छु र सधै मेराे ध्यान यसैमा हुन्छ ।