नेपाली
यू–१९ क्रिकेट टोलीले शुक्रबार तेस्रो अभ्यास खेलमा हिमाञ्चल प्रदेश क्रिकेट संघलाई
आठ विकेटले हराएको छ । नेपालले अभ्यास खेलमा २–१ को अग्रता लिएको छ । हिमाञ्चल प्रदेशस्थित
अन्तर्राष्ट्रिय रंगशाला धर्मशालामा पहिलो ब्याटिङ गरेको हिमाञ्चलले निर्धारित ३० ओभरमा
सात विकेट गुमाएर १ सय ६८ रनको योगफल खडा गर्यो । प्रत्युत्तरमा नेपालले २८.२ ओभरमा
दुई विकेटको नोक्सानीमा १ सय ७१ रन जोडेको थियो । नेपालको जितमा सुनील धमलाले विस्फोटक
ब्याटिङ गर्दे शतकीय योगदान दिए । इनिङका दोस्रो बलमै नेपालले ओपनर इशान पाण्डेलाई
शून्य रनमा गुमाएको थियो । त्यसपछि सुनीलले योगेन्द्रसिंह कार्कीसँग दोस्रो विकेटका
लागि ८५ रनको साझेदारी गरे । योगेन्द्रले ३५ रनको योगदान दिँदा ४८ बलको सामना गरे ।
उनले ५ चौका पनि प्रहार गरे । सुनीलले कप्तान राजु रिजालसँग तेस्रो विकेटका लागि ८६
रनको अविजित साझेदारी गर्दै नेपाललाई सानदार जित दिलाए । राजुले ३८ बलमा २ चौकाको सहयोगमा
२६ रन बनाए ।
इनिङकै म्यान अफ दी म्याच सुनीलले सय रन बटुल्न ८६ बलको सामना गरे । उनले
८ चौका र ५ छक्का प्रहार गरेका थिए । नेपालले १० अतिरिक्त रन पाएको थियो ।
Saturday, January 9, 2016
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...