एजेन्सी
- बार्सिलोनाका अर्जेन्टाइन स्टार फुटबलर लियोनल मेस्सीले आफ्नो उरुग्वियन टिम मेट
लुईस स्वरेजलाई पेनाल्टी एसिस्ट गरेर ह्याट्रिक पूरा गराएको चर्चाले अझै बजार सेलाएको
छैन । तर, यस्तै एक प्रयोग गर्दा जिम्वावेको डाइनामो एफ.सीका खेलाडि मजाकोपात्र बनेका
छन् । मेस्सी-स्वरेजले त बललाई जाली चुमाएका थिए, तर आफ्ना टिम मेट Rodreck
Mutuma ले दिएको पेनाल्टी पासलाई Valentine Ndaba ले जाली चुमाउन सकेनन् । किपरले
छेकेको सोच्नुहोला, उनले त अन टार्गेटमा पनि प्रहार गरेनन् । उनको ग्राउण्ड सट पोलभन्दा
झण्डै दुई मिटर बाहिरबाट गयो । यस्तो प्रयोग जिम्वावेको Dynamo FC का खेलाडिले Wha
Wha FC विरुद्धको मैत्रीपूर्ण खेलमा गरेका हुन् । साझापोस्ट्देखी
भिडियो हेर्नुस्:
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...