काठमाडौं
– नेपाल क्रिकेट संघ क्यानले विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत नेपाल र नामिबियाको
खेल नेपालमा हुने सम्भावना नटरेको बताएको छ । यो खेल भारतको नोयडामा हुने भन्ने
खबर केही सञ्चारमाध्यममा आएपछि क्यानका प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले बिहीबार
विज्ञप्ती निकालेर खबरको खण्डन गर्दै खेल नेपालमै हुने सम्भावना बाँकी नै रहेको स्पष्ट
पार्नुभएको हो । विज्ञप्तीमा घिमिरेले आफू यसबारेमा अन्तराष्ट्रिय क्रिकेट परिषद आइसिसीसँग
नियमित सम्पर्कमा रहेको जानकारी गराउँदै मैदानको गुणस्तर र खेलाडीको सुरक्षाको प्रत्याभुति
दिलाउन सके खेल नेपालमै हुने उल्लेख गर्नुभएको छ । अहिले विभिन्न समस्याबाट गुज्रिरहेको
क्यानलाई सरकार, खेलकुद मन्त्रालय, राखेप लगायत निकायले सहयोग गरे नामिबियासँगको खेल
नेपालमै गराउन सकिने क्यानकी सिइयो घिमिरेले बताउनुभएको छ । नेपाल र नामिबियाबिच आउँदो
बैशाख ३ गते पहिलो र ५ गते दोश्रो खेल नेपालमा गर्ने आइसिसिको तालिका छ । तर क्यानभित्रको
भद्रगोलका कारण यो अवसर गुम्नसक्ने खतरा पनि उत्तिकै छ । प्रतियोगितामा अहिलेसम्म
खेलेका ४ मध्ये चारै खेल हारेको नेपाल अंकतालिकाको पुछारमा छ । खबरउज्यालोदेखी
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...