एजेन्सी–
भारतमा चलिरहेको आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले विजयी
सुरुवात गरेको छ । बुधबार राति मुम्बइको वानखडेमा सुपर टेन अन्तर्गत समूह ‘एक’ अन्तर्गतको
खेलमा वेष्ट इन्डिजले इंग्ल्याण्डलाई ६ विकेटले हराएको हो ।
इंग्ल्याण्डले
प्रस्तुत गरेको एक सय ८३ रनको लक्ष्य वेष्ट इन्डिजले १८ दशमलव १ ओभरमा ४ विकेटको क्षतिमा
भेट्टायो ।
उसको जितमा क्रिस गेलले ४८ बलमा ११ छक्का र पाँच चौकाको मद्दतमा नटआउट शतकीय
पारी खेले ।
यस्तै मार्लोन सामुएल्सले २७ बलमा ३७ रन बनाए ।
उनले ८ चौक प्रहार गरे
। इंग्ल्याण्डका डेविड विल्ली, रिस टोप्लेय, अदिल राशिद र माइन अलीले एक एक विकेट लिए
।
यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा एक
सय ८२ रन बनायो ।
उसका लागि जोए रुटले ४८, जोस बट्लरले ३०, एलेक्स हेल्सले २८ तथा इओन
मोर्गानले नटआउट २७ रन बनाए ।
वेष्ट इन्डिजका डवेन ब्राभो र एन्ड्रे रुसेलले समान दुई
दुई विकेट लिए ।
यसअघि बुधबार बेलुका समूह ‘दुई’ अन्तर्गतको खेलमा पाकिस्तानले बंगलादेशलाई
५५ रनले हराएर विजयी सुरुवात गरेको थियो ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...