काठमाडौं
- अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत
नेपाल र नामिबियाको खेल कीर्तिपुरमा खेलाउन दुई शर्त राखेको छ । नेपाल र नामिबियावीच
आगामी वैशाख ४ र ६ (अप्रिल १६ र १८ तारिख) मा काठमाण्डौको कीर्तिपुर मैदानमा खेल हुने
पहिले नै तय भएको थियो । तर, हालैका दिनमा नेपाल क्रिकेट संघमा देखिएको बिबादपछि आईसीसीले
खेल दिल्लीको ग्रेटर नोयडामा सर्न सक्ने संकेत दिएको थियो । आईसीसीले मंगलबार विज्ञप्ति
जारी गर्दै नेपाल र नामिबियाको खेल कीर्तिपुरमा गर्न आफ्ना शर्तहरु जानकारी गराएको
छ । यी शर्त पुरा भए कीर्तिपुुरमा खेल खेलाउने र शर्त पुरा नभए नेपाल बाहिर गर्ने आईसीसीले
बताएको छ । बुधबार एक बिज्ञप्ति जारी गर्दै आइसीसीले मैदानको अबस्था र सुरक्षा प्रबन्धबारे
आश्वस्त भएपछि मात्र कीर्तिपुरमा खेलाउन सकिने बताएको छ । नेपाल क्रिकेट संघ क्यानको
आधिकारिकता विवाद रहेको भन्दै आईसीसीले राखेपले बनाएको तदर्थ समिति र निर्वाचित क्यानको
सहमति र राखेपको सहयोगमा काम गर्ने बताएको छ ।
नेपाली
प्रशिक्षक र कप्तानसमेत सम्मिलित एक स्वतन्त्र छनोट समिति बनाइ नामिबियाविरुद्ध खेल्ने
नेपाली टिमको छनौट गर्नु पर्ने आईसीसीको पहिलो शर्त छ । र, छनोट समितिको सल्लाहकारमा
एसिया डेभलोपमेन्ट अफिसर वेन्कटपति राजु रहनेछन् । यो शर्त मान्न खासै समस्या छैन प्रशिक्षक
जगत टमाटाले खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइसकेका छन् र टिम पनि उनले नै छनोट
गर्नेछन् । आईसीसीको दोस्रो शर्त कीर्तिपुरको मैदानबारे छ । एसिया डेभलोपमेन्ट म्यानेजर
बन्दुला वर्नापुराले कीर्तिपुरस्थित मैदानको निरीक्षण गर्नेछन् । बन्दुला केही दिनमा
नै नेपाल आउने छन् र मैदानका साथै साथै सुरक्षा प्रवन्धबारे पनि अध्ययन गरिने छ । आईसीसीले
भनेको छ, ‘यदि यो सर्तहरु पुरा भएमा खेल काठमाडौंमा हुनेछ । तर, पास भएन भने हामी नेपाल
बाहिर खेल स्थल तय गर्नेछौं ।’ नेपाल क्रिकेट संघ क्यानकी सीईओ भावना घिमिरेले नेपालमा
खेल हुने ८० प्रतिशत पक्का भएको प्रतिक्रिया दिइन् । केन्या, नेदरल्याण्ड, हककङ, युएइ,
स्कटल्याण्ड र नेपाल गरि ६ देशले खेल्ने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका
शीर्ष ४ टोलीले सन् २०१८ मा हुने विश्वकपको छनौट खेल्न पाउँछन । स्कटल्याण्ड र पपुवान्युगिनीसँगका
४ वटै खेल हारेको नेपाल दबाबमा छ । खबर
अनलाइनखबरदेखीसाभार
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...