एजेन्सी
– भारतमा चलिरहेको आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप अन्तर्गतको पहिलो खेलमा नै वेष्ट
इन्डिजका ब्याट्स म्यान क्रिस गेलले निकै उत्कृष्ट प्रदर्शन गरेका छन् ।
गेलको नटआउट
शतकीय पारीको मद्दतमा सुपर टेनको पहिलो लेगमा वेष्ट इन्डिजले इंग्ल्याण्डमाथि ६ विकेटको
जित दर्ता गर्यो ।
गेलले इंग्ल्याण्डका बलरको बलमा मेसिनले जस्तै गरी रन बनाए ।
४८
बलमा मात्रै खेलका गेलेले नटआउट एक सय रन बनाए ।
४४
बलमा ९८ रन बनाएका गेलले यो खेलमा ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा सबै भन्दा छिटो शतक
बनाउने कीर्तिमान बनाउनबाट भने चुके । ४५ बलमा शतक बनाएको भए उनले दक्षिण अफ्रिकाका
रिचार्ड लेवीको कीर्तिमानसँग बराबरी गर्ने थिए । यो प्रतियोगितामा भने सबै भन्दा छिटो
शतक बनाउने खेलाडी उनी नै बनेका छन् । गेलले ४७ बलमा शतक पूरा गरेका थिए । यस क्रममा
उनले ११ छक्का प्रहार गरे । ट्वेन्टी–ट्वेन्टी विश्वकपमा एक पारीमा हानिएको सबै भन्दा
धेरै छक्का हो यो । उनले सन् २००७ मा दक्षिण अफ्रिकासँगको खेलमा १० छक्का प्रहार गरेका
थिए । ट्वेन्टी–ट्वेन्टी विश्वकपमा पहिलो शतक बनाउने पनि गेल नै हुन् । उनले सन् २००७
को पहिलो विश्वकपमा पहिलो शतक बनाएका थिए । बुधबार राति मुम्बइको वानखडे रंगशालमा भएको
खेलमा गेलले पाँच चौका पनि हाने । ट्वेन्टी–ट्वेन्टी विश्वकपमा सबै भन्दा धेरै छक्का
हान्ने खेलाडी गेल नै हुन् । उनले अहिलेसम्म ट्वेन्टी–ट्वेन्टी विश्वकपका सबै प्रतियोगितामा
गरी ६० छक्का हानेका छन् । दोस्रो स्थानमा रहेका भारतका युवराज सिंहले अहिलेसम्म ३१
छक्का प्रहार गरेका छन् । गेल ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सबै भन्दा
धेरै छक्का प्रहार गर्ने खेलाडी बनेका छन् । उनले सबै ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय
क्रिकेटमा ९८ छक्का प्रहार गरेका छन् । उनले अहिलेसम्म ९१ छक्का प्रहार गरेका न्युजिल्याण्डका
ब्रेन्डम म्याकुलमको कीर्तिमान तोडेका हुन् । म्याकुलमले ७० पारीमा ९१ छक्का प्रहार
गरेका हुन् भने गेलले ४४ पारीमा ९८ छक्का पुर्याएका छन् ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...