पारस भन्छन्ः विश्वकप खेल्ने अवसर फेरि आउनेछ !!
'क्यान विवाद छिटो समाधान होस्, तर हामी यसलाई 'एक्क्युज' बनाउदैनौं'
काठमाडौं
- नेपाली क्रिकेट टीमका कप्तान पारस खड्का भारतमा स्वास्थ्य परीक्षण गराएर आएपछि मैदानमा
फर्केका छन् । आइतबार त्रिवि क्रिकेट मैदानमा पुग्दा उनी पुरानै जोशका साथ अभ्यासरत
थिए । आफू अहिले पूर्णरुपमा स्वस्थ रहेको उनले बताए । विश्व क्रिकेट लिग च्याम्पियनसिप
अन्तरगत नामिबियासँगको खेलका लागि नेपाली टीम अहिले अभ्यासरत छ । अघिल्ला दुई चरणको
खेल गुमाएर दबाबमा परेको नेपालका लागि यो लगभग निणर्ायक खेल हो र यसमा नेपाली टीम खेलमा
फर्किनेमा पारस विश्वस्त छन् । हालै विश्वकप खेलेको यू-१९ टीमबाट आएका केही प्रतिभाशाली
खेलाडीहरुले टीमलाई अझ बलियो बनाएको उनको धारणा छ । भारतमा हालै स्वास्थ्य परीक्षण गराएर फर्केका कप्तान पारससँगको कुराकानीः
अहिले
तपाइको
स्वास्थ्य
कस्तो
छ
?
ठिक
छ । यहाँ डाक्टरले सबै ठिक छ भन्नु भएको थियो । तैपनि ‘सेकेण्ड ओपेनियन’ लिनका लागि
गएको थिएँ । उता गएर सबै चेक गराएँ । सबै ठिक छ । खेल्नलाई खासै समस्या छैन ।
विश्व
क्रिकेट
लिग
च्याम्पियनसिप
अन्तरगत
नामिबियासँगको
खेल
नेपालमा
नै
हुने
भएको
छ,
कत्तिको
उत्साहित
हुनुहुन्छ
?
एकदमै
खुसी लागेको छ । नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट खेल नभएको साढे २ वर्ष भइसक्यो ।
नेपालमा जुन माहोल छ, त्यो अन्यत्र कहि पाउँदैनौं । त्यसमाथि हाम्रो त होम ग्राउण्ड
नै भयो ।
प्रतियोगितामा
नेपालको
अवस्था
चाहीँ
कस्तो
देख्नुहुन्छ
?
दुर्भाग्यबस
सुरुवाति दुई राउण्डका खेल हामीले गुमायौं । तर, अब जति खेल बाँकी छ, त्यो सबै महत्वपूर्ण
छ । यो लेभल यस्तो छ कि सबै टिम बलिया र राम्रा छन् । त्यसैले राम्रो क्रिकेट खेल्नैपर्छ
। हामीले जति पनि खेल हारेका छौं, कतिपय खेल जित्न सक्ने अवस्थामा पनि थियौं । त्यसैले
यो लेभलमा १०० ओभर नै खेल्न सक्नुपर्छ । खेल नसकिँदासम्म जसले पनि जित्न सक्छ ।
अब
बाँकी खेल जित्न हामीले आफ्नो खेलको स्तर बढाउनुपर्छ । आशा गरौं, बाँकी खेलमध्ये चार
वटा राउण्ड जित्न सक्यौं भने शीर्ष चारमा पर्न सक्छौं ।
क्रिकेट
संघ
आन्तरिक
विवादमा
फसेको
छ
।
त्यसको
असर
तयारीमा
परेको
छ
कि
छैन
?
विवादबारे
सबैलाई थाहा नै छ । हामीले गर्न सक्ने भनेको मैदानभित्र हो र गर्नु पर्ने मेहनत गरिरहेका
छौं । तयारी त जति गरे पनि पुग्दैन । फेरि अन्तर्राष्ट्रिय क्रिकेटमा हामीले ट्रेनिङ
गर्ने अवसर पाएनौं भन्न पनि मिल्दैन । त्यसैले हामीसँग जति समय छ, त्यसलाई धेरै सदुपयोग
गर्नुपर्छ । सबैले व्यक्तिगत रुपमा पनि प्राक्टिस गरेका छन् र क्याम्प पनि सुरु भएको
छ । हाम्रोतर्फबाट कुनै ‘एक्सक्युज’ छैन ।
तर,
तपाईले भनेको जस्तो व्यवस्थापनमा झगडा छ । यो पहिला पनि थियो । तर, यति नराम्रो अवस्थामा
थिएन । आशा गरौं, यो चाँडै सुल्झियोस् । नेपाल क्रिकेटलाई अगाडि बढाउन व्यवस्थापन/प्रशासन
राम्रो नभएसम्म गाह्रो हुन्छ । जित र हारले मात्र हुँदैन ।
विवादलाई
छाड्ने
हो
भने
भइरहेको
तयारी
कत्तिको
सन्तोषजनक
छ
?
राम्रै
छ । स्कोरहरु फलो गरिरहेको थिएँ । कोचसँग कुरा भइरहेको थियो । यू-१९ को केही केटाहरुले
पनि राम्रो गरिरहेका छन् । सिनियर प्लेयरहरुले पनि राम्रै प्रदर्शन गरिरहेका छन् ।
अन्तिम दुई सातातिर हामी उत्कृष्ट १४ र ४ बैकल्पिक सदस्य छान्ने छौं । हामीसँग समय
पनि छ ।
प्रशिक्षकमा
लामो
समयदेखि
पुवुदु
दशानायकेले
हुनुहुन्थ्यो
।
अहिले
जगत
टमाटा
हुनुहुन्छ
।
यद्यपि
उहाँ
तपाईहरुका
लागि
नयाँ
होइन
।
कत्तिको
मिस
गर्नुहुन्छ
पुवुदुलाई
?
नेपालको
क्रिकेट अहिले जहाँ छ, यसमा पुवुदु सरको योगदान छ । त्यसले अवश्य नै मिस गरिरहेका छौं
। तर, मिस हुन्छ भनेर बस्नु पनि स्वभाविक हुँदैन । जे जति स्रोत साधन र प्रशिक्षकहरु
हुनुहुन्छ, त्यसको सदुपयोग गरेर सबै खेलाडीले खेल्नुपर्छ । र, सबैलाई थाहा छ कि कसले
के गर्नुपर्छ । हामीसँग क्षमता पनि हो, मात्र ‘अन द डे’ प्रदर्शन चाहिएको छ ।
नामिबियासँगको
खेलमा
घरेलु
मैदान
हाम्रो
एडभान्टेज
भयो
।
अरु
के
के
हुन्
हाम्रो
सबल
पक्ष
?
टिमका
रुपमा हामीले राम्रो गरिरहेकै थियौं । तर, पछिल्लो एक वर्ष हामीले राम्रो खेल्न सकेका
छैनौं । व्यवस्थापन आफ्नो ठाउँमा छ, तर, हामीले आफ्नो जिम्मेवारी लिनुपर्छ । र, राम्रो
खेल्न सकेका छैनौं । यो ‘हाइ टाइम’ हो । पछिल्ला खेलहरुमा जे गल्तीहरु भएका छन्, त्यसलाई
दोहोर्याउनु भएन । विगत ५/६ वर्षमा धेरै अनुभव बटुलेका खेलाडीहरु हामीसँग छन् । यू-१९
पनि छ । तर, सबै खेलाडी तयार छन् ।
सबैभन्दा
निराश
हुनुपर्ने
पक्ष
के
रहृयो
अहिलेसम्म
?
हामीले
हारेको चार मध्ये तीन खेल हाम्रै पक्षमा थियो । स्कटल्याण्डसँग २ रनले पनि हार्यौं
। थोरै तलमाथि भएको भए शायद हामी जित्थ्यौं होला । यो नै गल्ती भयो भनेर भन्न त गाह्रो
छ, तर एउटा टिमका रुपमा राम्रो गर्दागर्दै पनि फिनिसिङ कमी रहृयो भन्छु म । योसँगै
के हो भने टिमले राम्रो प्रदर्शन नगर्दा एकले अर्कालाई मद्दत गर्नुपर्छ । फ्यानको समर्थन
त छ नै । त्यसैले अब हाम्रो लक्ष्य भनेको जित हो । त्यसैले टीमको रुपमा हामीले राम्रो
गर्नुपर्छ ।
नामिबियासँगको
खेलमा
मुख्य
चुनौती
के
हो
?
सबै
टिम उत्तिकै बलिया छन् । तर, पनि उनीहरुको बलियो पक्ष ब्याटिङ हो । हाम्रो बलिङ हो
। तर, यो कन्डिसनमा पनि भरपर्छ । पछिल्लो पटक नामिबियासँग खेल्दा हामीले उसकै घरेलु
मैदानमा हराएका थियौैं । उनीहरुले पनि तयारी गरेका छन् । हामीले पनि आफ्नो तर्फबाट
सक्दो प्रयास गर्नुपर्छ र प्रदर्शन सुधार गर्नुपर्छ ।
अहिले
टी-२०
विश्वकप
चलिरहेको
छ
।
कत्तिको
मिस
गर्नुहुन्छ
?
धेरै
नै । दुःख लाग्छ कि हामी छनोट हुन सकेनौं । स्कटल्याण्ड/आयरल्याण्डमा हामीले नै नराम्रो
खेलेका हौं । एक-दुई जना खेलाडी भन्दा पनि पुरा टिम नै आउट अफ र्फम रहृयो, त्यो जिम्मेवारी
हामी लिन्छौं । चाहन्थ्यौं कि विश्वकप खेलौं । सबै जनाले पनि चाहनुहुन्छ कि नेपालले
फेरि विश्वकप खेलोस् । तर, अवसर आउनेछ र हामीले तयारी थाल्नुपर्छ । यो लेभलमा टिमले
मात्र मेहनत गरेर हुँदैन, व्यवस्थापनदेखि सबै पक्ष सहयोगी बनुपर्छ । म चाहन्छु कि विवाद
चाडै समाधान होस् । खेलाडीका रुपमा हाम्रो सपना पनि छ कि ५० ओभरमा विश्वकप खेल्ने ।
आशा गरौं, अगामी दिनमा हामी फेरि विश्वकप खेल्न सकौं ।
यू-१९
विश्वकपमा
हामीले
राजु
रिजाल,
सन्दिप
लामिछानेहरुलाई
देख्यौं
।
उनीहरुलाई
हेरेर
नेपालको
भविश्य
कस्तो
देख्नहुन्छ
?
धेरै
सकारात्मक । यू-१९ टिमले राम्रो गर्नासाथ राष्ट्रिय टिममा आउने हो । तर, नेपालमा दुःख
लाग्दो कुरा के छ भने १६ वर्षपछि यू-१९ टिम दोस्रो चरणमा पुगेको हो । यहाँ आएपछि ५/६
जना बाहेक अरु खेलाडीहरु कहाँ छन् थाहा छैन । क्रिकेटमा छन् कि छैन थाहा छैन । हामीसँग
कुनै संरचना छैन ।
खबर
राजकुमार श्रेष्ठले पारस खड्का सँग अनलाइखबरका लागि गरेको कुराकानी । खबर अनलाइखबर
देखी लिएको हो ।