एजेन्सी
– भारतमा चलिरहेको ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा भारतसँगको हारपछि पाकिस्तानी
खेलाडी तथा समर्थक निराश छन् । यस्तैमा पाकिस्तानी क्रिकेट बोर्डले टिमप्रति नै निराशा
व्यक्त गरेको छ । पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष शहरयार खानले हारबाट आफू
निकै निराश भएको बताएका छन् । विश्व र्याङकिङमा सातौं स्थानमा रहेकाले यो टिमबाट कुनै
पनि ठूलो सफलताको आशा गर्नु नै गल्ती भएको पिसिबीका अध्यक्ष खानको भनाई छ । पिसिबीका
अध्यक्ष खानले आइतबार कोलकातामा दिएको एक अन्तर्वाताको क्रममा यस्तो बताएका हुन् ।
भारतसँगको खेलमा चार जना तीब्र गतिका बलरसहित खेल्नु नै पाकिस्तानी टिमको गलत निर्णय
रहेको खानको भनाई छ । टिममा स्पिनर भएको भए नजिता अर्कै हुने खानले बताए । तीन
तीब्र गतिका बलरले टिमलाई जिताउन सक्दैनन् भने चौंथोले पनि नसक्ने उनले बताए । पाकिस्तानी
टिमले विकेटलाई बुझ्नामा पनि गल्ति गरेको पिसिबीका अध्यक्ष खानको भनाई छ । न्युजिल्याण्डले
पिचलाई ध्यानमा राखेर टिममा तीन स्पिनर समावेश गरेकाले नै भारतलाई हराउन सकेको खानले
दाबी गरे । यो विश्वकप पछि शाहिद अफरिदी पाकिस्तानी ट्वेन्टी–ट्वेन्टी टिमको कप्तान
नरहने
खानले बताए । यस्तै प्रशिक्षक वकार युनुसका बारेमा पनि प्रतियोगितापछि निर्णय लिइने
उनले जानकारी दिए ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...