काठमाडौं
- यही चैत ५ गतेदेखि इन्टर कर्पोरेट बिच क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रतियोगिता आगामी शुक्रबार र शनिबार (५ र ६ गते) तथा त्यसपछिको साताको पनि अन्तिम
दुई दिन (१२ र १३ गते) हुनेछ । कञ्चनजङ्घा इन्टरन्यास्नले आयोजना गर्ने प्रतियोगिता
डालिमा रिसोर्ट कुरिन्टारमा सञ्चालन हुनेछ । ‘Sand and Summer cricket
has began’ स्लोगनका साथ आयोजित प्रतियोगितामा २८ टोलीको सहभागिता रहने आयोजकले जनाएको
छ । प्रतियोगितालाई कार्ल्सबर्ग, चैतन्य स्पा, रियलले प्रायोजन गरेका छन् । नदीको बगरमा
रहेको खेलिने बिच क्रिकेटको कर्पोरेट स्वरूप मनोरञ्जनले भरिपूर्ण हुने आयोजकको दावी
छ । पहिलो हप्ता १४ र दोस्रो हप्ता १४ गरि २८ टोलिले २ हप्ताको शुक्रबार र शनिबार खेल्नेछन् । प्रतियोगितामा
एनएमबी बैंक, काठमाडौं पोस्ट, एच डी, नेपाल टुरिजम बोर्ड, गोर्खा ब्रुअरि, जीटिएल,
पप्पु कन्स्ट्रक्सन, टेली टक, कास्ठमाण्डप टिभी, डब्लू-डब्लू-एफ, कान्तिपुर जब्स, सगुम
प्लाईउड, इलेक्ट्रिक कम्पनि, डिस होम, सिभिल बैंक, प्रभू बैंक, नेपाल टेलिकम,
सिभिल बैंक, बैंक अफ काठमाडौंलगायत टोलीले सहभागिता जनाउने छन् ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...