एजेन्सी
– आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा घरेलु
टोली भारतले चिरप्रतिद्वन्द्वी पानिस्तानमाथि सहज जित दर्ता गरेको छ । कोलकातामा वर्षाका
कारण १८ ओभरमा छोट्याइएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हरायो । पाकिस्तानले
प्रस्तुत गरेको एक सय १९ रनको लक्ष्य भारतले १५ दशमलव ५ ओभरमा मात्रै चार विकेटको क्षतिमा
भेट्टायो ।
भारतका विराट कोहलीले ३७ बलमा ७ चौका र एक छक्काको मद्दतमा नटआउट ५५ रन
बनाए । यस्तै युवराज सिंहले २३ बलमा २४, कप्तान महेन्द्र सिंह धोनीले ९ बलमा नटआउट
१३ तथा रोहित शर्माले ११ बलमा १० रन बनाए । पाकिस्तानका मोहम्मद सामीले दुई विकेट
लिए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित १८ ओभरमा पाँच विकेटको
क्षतिमा एक सय १८ रन बनायो । उसका लागि शोएब मलिकले १६ बलमा २६, अहमद शेहजादले २८ बलमा
२५, उमर अकमलले १६ बलमा २२ तथा शरजिल खानले २४ बलमा १७ रन बनाए । भारतका आषिश
नेहरा, जसप्रित बुमराह, रविन्द्र जडेडा, सुरेश रैना र हार्दिक पाण्डेयले समान एक एक
विकेट लिए । योसँगै पाकिस्तानले विश्वकपमा लगातार रहँदै आएको आफूमाथिको भारतको दबदबा
हटाउन सकेन । एक दिवसीय र ट्वेन्टी–ट्वेन्टी संरचनाको विश्वकपमा पाकिस्तान र भारत
अहिलेसम्म ११ पटक खेलका छन् । जसमा सबै खेलमा भारत विजयी भएको छ । एक दिवसीयमा ६ पटक
तथा ट्वेन्टी–ट्वेन्टी विश्वकपमा पाँच पटक भारत र पाकिस्तान आमनेसामने भएकोमा सबै खेलमा
पाकिस्तान भारतसँग निराश बनेको छ । खेलका लागि कोलकाताको सुरक्षा व्यवस्था निकै
कडा पारिएको थियो । सुपर टेन अन्तर्गत समूह दुई मा रहेका भारत र पाकिस्तानले अहिलेसम्म
दुई दुई खेल खेलेकोमा एक एकमा जित निकालेका छन् । भारत पहिलो खेलमा न्युजिल्याण्डसँग
४७ रनले पराजित भएको थियो भने पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई ५५ रनले हराएको
थियो ।
भिडियो हेर्नुस्:
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...