काठमाडाै
- आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिप अन्तर्गत नामिवियाबिरुद्धको खेल नेपालले
कीर्तिपुरस्थित घरेलु मैदानमै खेल्न पाउने भएको छ । आईसीसीले हालैमात्र कीर्तिपुरमा
खेल आयोजना गर्न दुई सर्त राखेको थियो । शर्त अनुसार कीर्तिपुर मैदानको भौतिक पूर्वाधारको
काम भए नभएको अवलोकन गर्न एसिया डेभलेपमेन्ट म्यानेजर बन्दुला वर्नापुरालाई नेपाल पठाएको
थियो । बन्दुलाको भ्रमणपछि खेल नेपालमै हुने भएको छ । उनले आफूले आईसीसीसँग कुरा गरिसकेको
र नामिबियालाई नेपाल आउन कुनै समस्या नभएको बन्दुलाले जानकारी दिए । कीर्तिपुर मैदानको
पूर्वाधार निर्माण सन्तोषजनक रहेको भन्दै उनले २८ तारिखमा सुरक्षा जाँच हुने बताए ।
दर्शकहरु बस्ने ठाउँमा अहिले पनि ढुंगा रहेको भन्दै उनले त्ससलाई हटाउनु पर्ने बताए
। ‘हामीले पनि दर्शकलाई आफूलाई नियन्त्रण गर्न आग्रह गरेका छौं’ उनले भने, ‘ढुंगा हान्ने
काम भयो भने नेपालले खेल आयोजना गर्ने मौका गुमाउँछ ।’ यसअघि अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले
यो प्रतियोगिता नेपालमा नै गर्ने निर्णय गरे तापनि क्यानको विवादको कारण खेल नेपालमा
हुने या नहुने निश्चित हुन सकेको थिएन । आगामी वैशाख ४ र ६ गते हुने नेपाल र नामिवियाबीचको
खेल काठमाडाैको कीर्तिपुरको त्रिवि मैदानमा नै हुने लगभग पक्का भएको नेपाल क्रिकेट
सङ्घ (क्यान)का कार्यकारी अधिकृत भावना घिमिरेले जानकारी दिनुभयो । उहाँले आइसिसीले
पठाएको प्रतिनिधि एसिया डेभलेपमेन्ट म्यानेजर बन्दुलाले आज त्रिवि मैदानको अवलोकन गर्नु
भएको थियो । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले यसअघि भएको पहिलो चरणको
खेलमा स्कटल्यान्ड र दोस्रो चरणको खेलमा पपुवा न्युगिनीसँग नेपाल पराजित भएको थियो
।
भिडियो हेर्नुस्:
भिडियो अनलाइनखबर देखी
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...