एजेन्सी
– अस्ट्रेलियासँगको खेलमा भारतका विराट कोहलीको उत्कृष्ट प्रदर्शनपछि उनको तारिफ भइरहेको
छ । सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बलिउड अभिनेता अमिताभ बच्चनदेखि
पूर्व क्रिकेटर सचिन तेन्दुलकरसम्मले उनको प्रदर्शनको तारिफ गरेका छन् ।
कोहलीको ५१
बलमा नटआउट ८२ रनको मद्दतमा भारतले अस्ट्रेलियालाई ६ विकेटले हराएर अन्तिम चारमा स्थान
बनायो ।
भारतीय
प्रधानमन्त्री नरेन्द्र मोदीले खेलेका छन् ‘क्या खेल थियो । भारतीय टिममाथि मलाई गर्व
छ । विराट कोहलीको राम्रो पारी तथा धोनीको शानदार कप्तानी ।’
यस्तै
बलिउड स्टार अमिताभ बच्चनले ट्वीट गरेका छन् ‘विराट तपार्इं आज राति निकै उत्कृष्ट
रहनुभयो । तपाई जिनियस हुनुहुन्छ । राम्रो पारीका लागि धन्यबाद । यस्तै अरु पारी पनि
हेर्न पाउने आशा छ ।’
पूर्व
क्रिकेटर सचिवन तेन्दुलकरले ट्वीट गरेका छन् ‘निकै राम्रो विराट कोहली । निकै महत्वपूर्ण
जित थियो यो । तपाईं निकै राम्रो खेल्नुभयो ।’
अस्ट्रेलियाका
महान बलर शेन वार्नले सचिनको यो ट्वीटलाई रिट्वीट गरेका छन् । उनले लेखेका छन् ‘कोहलीको
उत्कृष्ट पारी । उनलाई देखेर सचिन मलाई तपाईको याद आयो ।’
वेष्ट
इन्डिजका महान ब्याट्सम्यान ब्रायन लाराले कोहलीका बारेमा ट्वीट गरेका छन् ‘उनी अविश्वशनीय
खेलाडी हुन् । यो भन्दा धेरै केही बोल्नु आवश्यक नै छैन ।’
नीतिश
नाम गरेका ट्वीटर प्रयोगकर्ताले लेखेका छन् ‘गड अफ क्रिकेट आए मैदानमा ।’
यसैगरी
सदफ सइदले लेखेका छन् ‘राहुल द्रबिडले एक पटक भनेका थिए कि अफ साइडमा सौरव गांगुलीले
भन्दा राम्रो भगवानले नै खेल्न सक्छन् । अब रन चेजको सवाला भन्नै पर्छ कि विराट कोहलीले
भन्दा राम्रो भगवानले मात्रै खेल्न सक्छन् ।’ राहुल दुबेले लेखेका छन् ‘जब धोनी ब्याटिङका
लागि आए त्यसपछि कोहलीले उनलाई भने, धोनी भाइ धेरै रन बनाउनु छ । जवाफमा धोनीले भने
रन त तिमीले बनाउनु पर्छ । मैले त विनिङ सट मात्रै हान्ने हो ।’
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...