भारतको
बिषयमा दिएको एक वक्तव्यका कारण पाकिस्तानी क्रिकेट कप्तान शाहिद अफ्रिदीको चर्को आलोचित
भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बिशेष गरेर अफ्रिदीलाई निशाना बनाइरहेका
छन् । ट्वान्टी ट्वान्टी विश्वकपका लागि भारत पुगेका बेला पाकिस्तानी टोलीका कप्तान
अफ्रिदीले आइतबारको पत्रकार सम्मेलनका क्रममा भनेका थिए, ‘जहिलेपनि हामीलाई पाकिस्तानमा भन्दा बढि माया भारतबाट मिल्छ ।’ यसपछि पकिस्तानमा ट्वीटरमार्फत
मानिसहरुले अफ्रिदीविरुद्ध ट्वीट गर्न सुरु गरे । पाकिस्तानका लगभग सबै टीभी च्यालनमा
उनको अभिव्यक्तिको चर्चा र आलोचना भएको थियो ।
अफ्रिदीविरुद्ध गरिएका केहि ट्वीटहरु
यस्ता छन् ।
@Asim4pakistan ले
लेखेका छन्, ‘शाहिद अफ्रिदीबाट यस्तो घटिया वक्तव्यको आशा गर्न सकिन्छ ।’
त्यस्तै
पाकिस्तानी पत्रकार ओभार कुरैशी
(@omar_quraishi) ले व्यंग्यात्मक ट्वीट गरेका छन्,
‘लाला (अफ्रिदी) ले सावित गरे कि उनी भविश्यमा पक्का राजनेता बन्नेछन् ।’
@mainbhiengineer ले
ट्वीट गरेका छन्, ‘अफ्रिदीको भारतमा बढि मायाँ किन नमिलोस् त, सबैले यस्तै विपक्षी
ब्याट्सम्यानलाई माया गर्छन जो जहिल्यै दुई बल खेलेर शून्य रनमा आउट हुन्छ ।’
@Dartanveerah को
टेवीटर हृयाण्डलमा अफ्रिदीको पुरानो वक्तव्य उल्लेख गरिएको छ । त्यति बेला उनले भनेका
थिए, ‘भारतका जनता यति धेरै मनकारी छैनन् जति हामी छौं ।’
@iMohsinMustafa ले
व्यंग्य गर्दै लेखेका छन्, ‘कृपया अफ्रिदीको बयानमा मन नदुखाउनुहोस्, किनकी सन्यासपछि
उनलाई भारत गएर कमेन्ट्री गर्नुछ ।’
@NeyazKamal10
ले लेखे, ‘ल ठीक छ आफ्नाभन्दा धेरै मायाँ गर्ने मानिसहरुको बीचमा अफ्रिदी भारतमै रहुन्,
पाकिस्तान नफर्किउन ।’ मञ्जुर आलमले त झन् खेदो खनेर लेखेका छन्, ‘वास्तवमा अफ्रिदीले
यस्तो वक्तव्य दिएर यो भन्न खोजिरहेका छन् कि भारत हामीलाई लज्जास्पद तरिकाबाट नहराओस
।’ अफ्रिदीको आलोचना मात्रै होइन उनको बचाउमा पनि थुप्रै मानिसहरु देखिएका छन् । मलिक
मुरादले लेखेका छन्, अफ्रिदीको आलोचना मात्रै होइन उनको बचाउमा पनि थुप्रै मानिसहरु
देखिएका छन् । मलिक मुरादले लेखेका छन्, ‘अफ्रिदी… आलोचकहरुप्रति ध्यान दिनु जरुरी
छैन, पूरा पाकिस्तान तिम्रो साथमा छ । अल द वेष्ट ।’
@91Shahji ले
ट्वीट गरेका छन्, ‘मेरो बिचारमा अफ्रिदीको वक्तव्यको गलत अर्थ निकालिएको छ । उनले पूरा
समझदारीपूर्ण तरिकाले धेरै कुटनीतिक कुरा गरेका छन् । जो समयअनुकुल टीक थियो ।’
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...