रोहितको शल्यक्रिया सफल !!
मलेसियन
क्लबमा आबद्ध मिडफिल्डर रोहित चन्दको बायाँ खुट्टाको एसीएलको शनिबार सुवाङ जया मेडिकल
सेन्टर, सेलंगोरमा शल्यक्रिया गरिएको छ । एमआरआईको रिपोर्टअनुसार शल्यक्रिया गर्नुपर्ने
भएपछि रोहित पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । अर्थोपेडिक सर्जन चान किन यूएनको
नेतृत्वमा भएको उनको शल्यक्रियामा चार घन्टा लागेको थियो । ‘शल्यक्रिया सफल भएको छ,’
मलेसियाबाट रोहितका दाइ रविनले आइतबार भने, ‘अब ३–४ दिन अस्पतालमै बस्नुपर्छ । हिंड्नलाई
कम्तीमा ५ साता वैसाखीको सहारा लिनुपर्छ । त्यसपछि पुनस्र्थापनाका लागि उपचार गरिनेछ
। त्यसैले उनलाई खेलमा फर्कन सात महिनासम्म लाग्ने बताइएको छ ।’ उनलाई २६ पुसमा मलेसियन
क्लब ‘टी–टिम एफसी’ ले एक वर्षका लागि अनुबन्ध गरेको थियो । त्यसअघि नेपाली राष्ट्रिय
टिमबाट पुसमै भारतको त्रिवेन्द्रममा भएको साफ च्याम्पियनसिप खेल्दा पनि उनी पूर्ण स्वस्थ
थिएनन् । घाइते भए पनि उनले मलेसियन सुपरलिगका लागि प्ले–अफको तयारीमा टी–टिमले खेलेका
खेलमा पनि मैदानमा ओर्लिएका थिए । टी–टिम १६ माघमा भएको प्ले–अफमा आर्मी एटीममाथि २–१
को जित निकाल्दै सुपरलिगमा छनोट भएको थियो । त्यसमा रोहित पूरा ९० मिनेट नै खेलेका
थिए । उनको पछिल्लो खेल त्यही हो । सन् २००९ यता राष्ट्रिय टिममा प्रवेश पाएका रोहितलाई
मैदानमा फर्कन लामो समय लाग्ने भएपछि टी–टिमले उनको स्थानमा उज्वेकिस्तानी मिडफिल्डर
दिल्सोद सारोफेत्दिनोभलाई भित्र्याइसकेको छ । रविनका अनुसार रोहितको सम्पूर्ण खर्च
क्लबले बेहोर्नेछ । रोहित २०६६–६७ मा मछिन्द्र क्लबबाट खेलेयता स्वदेशी लिगमा सहभागी
भएका छैनन् । आई लिग (भारत) को हिन्दुस्तान एरोनसटिक्स हँुदै इन्डोनेसियाको पीएसपीएस
पेकनबरु र पर्सिजा जकार्ताबाट त्यहाँको सुपरलिग खेलेका थिए । त्यसपछि उनी टी–टिम पुगेका
हुन् । सेन्टर–ब्याकबाट अघि बढ्दै तीन वर्षयता डिफेन्सिभ मिडफिल्डमा खेल्दै आएका २३
वर्षीय रोहित मलेसियातर्फ लागेकाले माघमा ढाकामा भएको बंगबन्धु गोल्डकपमा सहभागी भएका
थिएनन् । त्यसको फाइनलमा बहराइन यू–२३ लाई ३–० ले हराएर नेपाली राष्ट्रिय टिमले २३
वर्षपछि उपाधि जितेको थियो । खबर कान्तिपुर मा छ ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...