ट्वेन्टी ट्वेन्टी विश्वकप: श्रीलंकासँग अफगानिस्तान ६ विकेटले पराजित !! (फोटो
फिचर) (भिडियोसहित)
काठमाडौं
- भारतमा चलिरहेको ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राती भएको खेलमा
श्रीलंका विजयी भएको छ । श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले हरायो ।
कोलकत्ताको
इडन गार्डनमा अफगानिस्तानले दिएको १५३ रनको लक्ष्य श्रीलंकाले १८.५ ओभरमा भेट्टायो
।
श्रीलंकाका लागि सुरुवाति ओभरमा तिलकरत्ने दिलशान र दिनेश चण्डिमालले आक्रामक पारी
खेले । श्रीलंकालाई जिताउन तिलकरत्ने दिल्सानले नट आउट ८३ रन बनाए ।
उनी म्यान
अफ दि म्याच समेत बने ।
एन्जेलो म्याथ्युज २१ रनमा नट आउट रहे भने दिनेश चण्डिमल १८
रनमा आउट भए । यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानको सुरुवात निकै खराब रहृयो
।
अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो ।
अफगानिस्तानले
५१ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो ।
उसका लागि कप्तान अस्गार स्टानिकजाई ४७ बलमा
६२ (उनले आफ्नो पारीमा तीन चौका र चार छक्का) तथा समिउल्लाह सेनवारीले १४ बलमा ३१ रन
बनाए ।
र अफगानिस्तानलाई सम्माजनक स्कोरमा पुर्याए ।
अब आइतबार अफगानिस्तानले
दक्षिण अफ्रिकासँग खेल्ने छ भने विजेता श्रीलंकाले वेष्टइण्डिजसँग खेल्ने छ ।