काठमाडौं
- नवलपरासीमा यही चैत्र २६ गतेदेखि अन्तर्राष्ट्रिय नाइट (रात्रि) क्रिकेट प्रतियोगिता
सञ्चालन हुने भएको छ । सुनरी युवा ब्रिगेड क्रिकेटर क्लबको आयोजनामा जिल्लाको सुनरीमा
रातिमा प्रतियोगिता आयोजना हुन लागेको क्लबका अध्यक्ष क्यामुद्दिन अन्सारीले बताउनुभयो
। प्रतियोगितामा भारतको युपी र नेपालको नवलपरासी र रुपन्देहीबाट गरेर २० टिम सहभागी
हुने क्लबले बताएको छ । प्रतियोगिता रातिमा हुने भएकाले टाढाबाट आउने खेलाडीलाई खाना
तथा बस्नको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । प्रतियोगिताको हरेक लिग म्याच
भारत र नेपालका समूहबिच खेलाइने छ । गएको वर्ष पनि उक्त क्लबको आयोजनामा रातिमा क्रिकेट
प्रतियोगिताको आयोजना गरिएको थियो । नाइट म्याच आयोजना गर्ने तयारी भइरहे पनि
सोमबारको हावाहुरीका कारण नवलपरासीमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । हावाहुरीका
कारण विद्युत पोल भाचिँदा विद्येत सेवा अवरोध भएको हो । नेपाल विद्युत प्राधिकरण कावासोती
वितरण केन्द्रका प्रमुख उमेश यादवका अनुसार हावाहुरीले दिव्यपुरी र कावासोती क्षेत्रमा
बिजुलीका पोल भाँचिएका छन् । मर्मत गर्ने तयारी भइरहेको केन्द्रले जनाएको छ । खबर उज्यालो
देखी । हेर्नुहोस् उज्यालो पछी पर्नुहोला ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...