काठमाडौं
– भारतमा चलिरहेको ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको अभ्यास खेलमा नेपाली मुलका
जय विष्टले उत्कृष्ट प्रदर्शन गरेका छन् । भारतको मुम्बई क्रिकेट एसोसिएसन ११ का तर्फबाट
इंग्ल्याण्डविरुद्ध खेलेका विष्टले ३७ बलमा ५१ रन बनाएका हुन् । उनले त्यसक्रममा ५
चौका र २ छक्का हानेका थिए । २० वर्षे विष्ट नेपाली मुलका हुन् । उनका हजुरबुबा ७०
वर्षअघि नेपालबाट मुम्बई पुगेर उतै सेटल भएका थिए । क्रिकेट सम्बन्धीको अनलाइन विस्डनइण्डियाका
म्यानेजिङ इडिटर आनन्द बसुले विष्ट नेपाली भएको ट्वीट गरेका छन् । विष्टका
हजुरबाले मुम्बईको बाङखडे स्टेडियम नजिकैको घरमा सुरक्षाकर्मीको रुपमा काम गरेका थिए
। अहिले विष्टको घर पनि बाङखडे स्टेडियम नजिकै छ । उनका हजुर बुबा नेपालको कुन ठाउँबाट
मुम्बई पुगेका थिए भने खुल्न सकेको छैन । जयका बाबु गोकुलले पनि मुम्बईबाट खेल्ने
सपना देखेका थिए । तर उनी सफल हुन सकेका थिएनन् ।
केहि समयअघि भारतकै एक पत्रिकासँगको
अन्तरवार्तामा जयका बाबु गोकुलले आफ्नो सपना छोराले पुरा गरेकोमा खुसी व्यक्त गरेका
थिए । ५ महिनाअघि फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका जयले अहिलेसम्म ५ वटा खेल खेलेका
छन् । त्यस्तै उनले लिष्ट ए क्रिकेट ३ वटा र चार वटा ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलेका
छन् । उनले इंग्ल्याण्डविरुद्ध खेलेको यो खेल उनको जीवनको पाँचौ ट्वेन्टी–ट्वेन्टी
क्रिकेट हो । ओपनर ब्याट्सम्यान जयले राम्रो बलिङ पनि गर्छन् ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...