काठमाडौं
- ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको अप्रत्याशित नतिजा निकाल्दै अफगानिस्तानले वेष्ट
इण्डिजलाई ६ रनले हराएको छ ।
अफगानिस्तानले विश्वकप यात्राको अन्तिममा सुखद अन्त्य
गरेको छ । यसअघि नै प्रतियोगिताबाट बाहिरिएको अफगान र सेमिफाइनलमा पुगिसकेको वेष्टइण्डिजका
लागि यो खेल प्रतिष्ठाको लडाइ मात्र थियो ।
नागपुरमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले
२० ओभरमा ७ विकेट गुमाएर १२३ रन बनायो । उसका लागि नजिबुल्लाह जादरानले ४८ रन बनाए
। मोहम्मद शेहजादले २४ रनको योगदान दिए । जवाफमा मैदान उत्रिएको वेष्टइण्डिजले २० ओभरमा
८ विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो । डवेन ब्राभोले २८ रन बनाए पनि जित दिलाउन
सकेनन् । अन्तिम दुई ओभरमा वेष्टइण्डिजलाई जितका लागि २५ रन चाहिएको थियो ।
समीले पहिलो
बलमा एक रन बनाए भने दोस्रो बलमा ब्रेथवेटले छक्का हाने । तेस्रो बलमा उनले एक रन जोडे
। तर, चौथो बलमा नाबीले समीको विकेट लिए । पाँचौं बलमा ब्रेथवेटले फेरि छक्का हाने
भने ओभरको अन्तिम बलमा १ रन जोडे र अन्तिम ओभरमा १० रन चाहियो । ब्रेथहृवाइटले पहिलो
र दोस्रो बलमा डटबल खेले । तेस्रो बललमा मोहम्मद नाबीले विकेट लिए । नाबीले त्यसपछि
लगातार तीन बलमा एक-एक रन मात्र दिए र अफगानिस्तानले वेष्टइण्डिजविरुद्ध ६ रनको जित
हात पारेको छ ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...