काठमाडौं
– विराट कोहलीको शानदार प्रदर्शनको मदतमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै भारत टी-२०
विश्वकपको सेमिफाइनलमा पुगेको छ । आइतबार राति मोहालीमा भएको खेलमा अष्ट्रेलियाले घरेलु
टोली सामू जितका लागि १६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जसलाई भारतले पाँच बल
बााकी छँदा मात्र ४ विकेट गुमाएर भेट्टायो । अस्ट्रेलियाले प्रस्तुत गरेको १६१ रनको
लक्ष्य भारतले पाँच बल बाँकी हुँदा चार विकेटको क्षतिमा भेट्टायो । भारतको जितमा विराटले
महत्वपूर्ण भूमिका खेले । उनले अविजित ५१ बलमा अविजित ८२ रनको पारी खेले ।
उनले नौ
चौका र दुई छक्का हाने । कप्तान महेन्द्र सिंह धोनी १८ रनमा अविजित रहे । उनले अन्तिम
ओभरको पहिलो बलमा चौका हान्दै भारतलाई जिताएका थिए । यस्तै युवराज सिंहले १८ बलमा २१,
शिखर धवनले १२ बलमा १३ तथा रोहित शर्माले १७ बलमा १२ रन बनाए ।
अस्ट्रेलियाका सेन वाट्सनले
दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पूरै ओभर खेल्दै ६ विकेटको
क्षतिमा एक सय ६० रन बनायो ।
उसका लागि एरोन फिन्चले ४३, ग्लेन म्याक्सवेलले ३१, उस्मान
खावाजाले २६ तथा सेन वाट्सनले नटआउट १८ रन बनाएपनि हार टार्न सकेनन् र अस्ट्रेलिया
सुपर टेनबाट बाहिरिन बाध्य भयो । ट्वेन्टी–ट्वेन्टी विश्वकपको सेमिफाइनलमा पुग्ने चारै
टोलीको टुंगो लागेको छ । समूह ‘दुई’ बाट न्युजिल्याण्ड र भारत तथा समूह ‘एक’ बाट वेष्ट
इन्डिज र इंग्ल्याण्ड अन्तिम चारमा पुगेका छन् ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...