सहिद
अफ्रिदीले बिष्फोटक ब्याटिङ गरेपछि टी-२० विश्वकपमा पाकिस्तानले बंगलादेशलाई २०२ रनको
चुनौति दिएको छ। यो पाकिस्तानले टी-२० विश्वकपमा बनाएको सबैभन्दा ठूलो स्कोर हो। १९
बलमा चार चौका चार छक्कासहित ४९ रन जोडेका अफ्रिदीले अर्धशतक पुरा गर्न १ रनले चुके।
पाकिस्तानका लागि मोहम्मद हफिजले ६४ र अहमेद शेहजादले ५२ रन बनाए। कोलकाताको इडेन गार्डेन
रंगशालामा पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०१ रन बनाएको हो।
बंग्लादेशका
तास्किन अहमेद र अराफत सुन्नीले २-२ तथा सबिर रहमानले १ विकेट लिए ।
Wednesday, March 16, 2016
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...