काठमाडौं
- नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का उपचारका लागि मंगलबार भारतको नयाँ दिल्ली
गएका छन् । दुई साता अघि आन्द्रामा समस्या देखिएपछि पारस नर्भिक अस्पतालमा आकस्मिक
कक्षमा भर्ना भएका थिए । ५ दिनपछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए । थप उपचारका
लागि उनी भारत गएका हुन् । प्रशिक्षक जगत टमाटाका अनुसार पारसले शनिबार काठमाडौं फर्किने
जनाएका छन् । कीर्तिपुर मैदानमा चलिरहेको छनोट प्रतियोगितामा पारसको अनुपस्थितिमा टिम
‘ए’ को कप्तानी मन्जित श्रेष्ठले गरेका थिए । टिम ‘सी’ का कप्तान शरद भेषावकर पनि घरासयी
कारण मंगलबारको खेलमा अनुपस्थित रहे । उनको स्थानमा विनोद भण्डारीले टिमको नेतृत्व
गरेका थिए । अनलाइनखबर देखी ।
Wednesday, March 16, 2016
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...