काठमाडौं
- बंगलादेशलाई ७५ रनले टी-२० विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले लगातार चौथो जित हात
पारेको छ । यो जितसँगै न्यूजिल्याण्ड समूह विजेता बनेको छ र उसले आउँदो बुधबार सेमिफाइनल
खेल्ने छ भने बंगलादेशले सुपर टेनमा सबै खेल
गुमाएको छ । तर उसको प्रतिद्वन्द्वीको टुंगो लागेको छैन ।
कोलकत्तामा पहिले ब्याटिङ
गरेको न्यूजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनायो । मुस्तिफिजुर रहमानले
५ विकेट लिएपछि न्यूजिल्याण्डको पारी धमराएको थियो । तर, केन विलियम्सनले ४२ रन जोडे
भने कोलिन मुन्रोले २८ र रोज टेलरले २८ रन जोड्दै टिमको सम्मानजक स्कोर बनाए ।
रहमानले
४ ओभरमा २२ रन दिएर ५ विकेट लिए ।
जवाफमा मैदान उत्रिएको बंगलादेश १५.४ ओभरमा ७० रन
जोड्दा अलआउट भयो । टी-२० विश्वकपमा बंगलादेशको यो अहिलेसम्मकै कम स्कोर हो । उसका
लागि शुभागताले १६, सविर रहमानले १२ र मोहम्मद मिथुनले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो
अंक समेत जोड्न सकेनन् ।
हेर्नुहोस् पुरा हाईलाईट भिडियो:
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...