काठमाडौं
– इंग्ल्याण्ड भारतमा चलिरहेको आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा
प्रवेश गरेको छ । शनिबार राति दिल्लीको फिरोज साह कोट्ला मैदानमा भएको खेलमा डिफेन्डिङ
च्याम्पियन श्रीलंकालाई १० ले हराएर इंग्ल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेको
हो ।
एक सय ७२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा
एक सय ६१ रन बनायो । श्रीलंकाका कप्तान एन्जेलो म्याथ्युजले ५४ बलमा पाँच छक्का र तीन
चौकाको मद्दतमा ७३ रन बनाएर टिमलाई बलियो अवस्थामा पु¥याएपनि त्यो जितका लागि पर्याप्त
भएन ।
इंग्ल्याण्डको जितले दक्षिण अफ्रिकाको अन्तिम चारमा पुग्ने गणितीय सम्भावना पनि
सकिएको छ । १५ रन बनाउँदा चार विकेट गुमाएको अवस्थामा श्रीलंकाली पारी कप्तान म्याथ्युजले
सम्हालेका थिए ।
श्रीलंकाका चामरा कोपुगेदराले २७ बलमा ३०, थिशरा परेराले ११ बलमा २०
तथा दासुन सानकाले ९ बलमा १५ रन बनाए । इंग्ल्याण्डका क्रिस जोर्डनले चार तथा डेविड
विलीले दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले चार विकेटको क्षतिमा
एक सय ७१ रन बनायो ।
उसका लागि जोस बटलरले ३७ बलमा नटआउट ६६ रन बनाए । यस्तै ज्यासन
रोयले ३९ बलमा ४२, जोए रुटले २४ बलमा २५ तथा इओन मोर्गानले १६ बलमा २२ रन बनाए । श्रीलंकाका
ज्याफ्री वान्डर्सेले दुई विकेट लिए । यो हारपछि श्रीलंका सुपर टेनबाटै बाहिरिएको छ
। समूह ‘एक’ बाट वेष्ट इन्डिज र इंग्ल्याण्डले अन्तिम चारमा स्थान बनाएका छन् ।
हेर्नुहोस् पुरा हाईलाईट भिडियो:
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...