घरको स्याल बाघको अगाडि सिंह !!
ट्वेन्टी–ट्वेन्टी विश्वकप: यस्तो थियो रोमान्चक भिडन्त त्यो अन्तिम ओभर !!
काठमाडौं
– बैंग्लोरमा भएको निकै रोमान्चक भिडन्तमा भारतले बंगलादेशलाई एक रनले हराएको छ ।
चिन्नास्वामी रंगशालालमा
लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको टिम हारेको यो पहिलो पटक हो ।
यो खेलको अन्तिम ओभर
निकै रोमाञ्चक थियो ।
१४७ रनको लक्ष्य पछ्याएको बंगलादेशलाई अन्तिम ओभरमा ११ ओभर चाहिएको
थियो र उसँग चार विकेट बाँकी थियो ।
भारतीय कप्तान महेन्द्रसिंह धोनीले युवा बलर हार्दिक
पाण्डेयमाथि विश्वास गरेर बलिङको जिम्ममा दिए । अन्तिम ओभरको पहिलो बलमा महमूदुल्लाहले
एक रन लिएर स्ट्राइक मुशफिकुर रहिमलाई दिए ।
मुशफिकुरले दोस्रो तथा तेस्रो बलमा लगातार
दुई चौका प्रहार गरे । त्यसपछि खेल बंगलादेशको पक्षमा देखियो । बंगलादेशका समर्थकहरु
खुसी मनाइरहेका थिए । बंगलादेशलाई जितका लागि तीन बलमा दुई रन चाहिएको थियो । तर चौथो
र पाँचौं बलमा हार्दिक पाण्डेयले मुशफिकुर र महमूदुल्लाहलाई क्याच आउट गराए ।
दुबै ठूलो सट खेल्ने प्रयासमा आउट भए । अन्तिम बलमा बंगलादेशलाई जित्नका लागि दुई रन
चाहियो ।
तर, शुवागता विट भए र रन बनाउने प्रयासमा मुस्ताफिजुर रहमानलाई भारतीय कप्तान
धोनीले रन आउट गरे । र, बंगलादेशले पूरै २० ओभरमा ९ विकेट गुमाएर १४५ रन मात्र बनायो
। अन्तिम ओभरको सुरुमा जितिसके जस्तो देखिएको खेल बंगलादेशले गुमायो ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...