काठमाडौं
- टी-२० विश्वकपको रोमान्चक खेलमा भारतले बंगलादेशलाई एक रनले हराएको छ । जितसँगै भारतको
अघिल्लो चरण प्रवेशको सम्भावना कायमै छ भने बंगलादेश बाहिरिएको छ । जितका लागि १ सय
४७ रनको लक्ष्य पछ्याएको बंगलादेशलाई अन्तिम ओभरमा बंगलादेशलाई जितका लागि ११ रन चाहिएको
थियो र उसँग चार विकेट थियो । तर अन्तिम ३ बलमा ३ विकेट गुमाएर बंगलादेश पराजित भयो
। अन्तिम ओभरमा बलिङ गर्न आएका हार्दिक पाण्डेले चौथो र पाँचौ बलमा विकेट लिए भने उनको
छैटौं बलमा कप्तान महेन्द्र सिंह धोनीले मुस्ताफिगर रहमानलाई रन आउट गरेर भारतलाई जिताए
। अन्तिम ३ बलमा २ रन चाहिएको स्थितिमा ११ रन बनाएका मुस्फिकर रहमान क्याच आउट भए ।
आउट हुनु अघि उनले लगातार २ चौका हानेका थिए । रहमान आउट भएपछिको बलमा १८ रन बनाएका
महमुदुल्लाह पनि क्याच आउट भए । बंगलादेशका लागि ओपनर तमिम इकवालले ३५ तथा सब्बिर रहमानले
२६ रन बनाएका थिए । यसअघि टस हारेको भारतले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर
१ सय ४६ रन बनाएको थियो । भारतका लागि सुरेश रैनाले ३० तथा विराट कोहलीले २४ रन बनाए
। यो समूहबाट न्युजिल्याण्ड सेमिफाइनलमा पुगिसकेको छ । जितपछि भारतको ४ अंक भएको छ
उसको सेमिफाइनलमा पुग्ने संभावना कायम छ । अब भारतले आइतबार अष्ट्रेलियासँग खेल्ने
छ । पाकिस्तान र अष्ट्रेलियाको समान २ अंक छ । तर अष्ट्रेलियाले एक खेल कम खेलेको छ
। बंगलादेशको भने कुनै अंक छैन र उसको सेमिफाइनलमा पुग्ने संभावना सकिएको छ ।
भिडियो हेर्नुहोस्:
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...