एजेन्सी
– एक दिवसीय क्रिकेटमा पहिलो दोहोरो शतक बनाउने खेलाडी को भन्दा सबैको जवाफ भारतीय
पूर्व क्रिकेटर सचिन तेन्दुलकरको नाम हुन्छ ।
सचिनले सन् २०१० मा एक दिवसीय क्रिकेटमा
दुई सय रन बनाएका थिए । यस्तै भारतका विरेन्द्र सहवाग, रोहित शर्मा (दुई पटक),
न्युजिल्याण्डका मार्टिन गुप्टिल र वेष्ट इन्डिजका क्रिस गेलले पनि दोहोरो शतक बनाएका
छन् । तर एक दिवसीय क्रिकेटमा पहिलो पटक दोहोरो शतक बनाउने सचिन वा कुनै पुरुष खेलाडी
नभइ एक महिला खेलाडी हुन् । अस्ट्रेलियाकी बेलिन्डा क्लार्कले सन् १९९७ मा भारतमा भएको
विश्वकपमा अनआउट दुई सय २९ रन बनाएकी थिइन् । क्रिकेट भन्ने बित्तिकै पुरुष टिमको खेललाई
बुझ्ने गरिन्छ ।
भारतमा अहिले ट्वेन्टी–ट्वेन्टी विश्वकपमा पुरुष र महिला दुवै तर्फ
खेल भइरहेको छ । तर सञ्चारमाध्यमदेखि दर्शकसम्मको ध्यान पुरुष तर्फको खेलमा मात्रै
छ । यसै कारणले सचिनले भन्दा १३ वर्ष अघि नै दोहोरो शतक बनाएकी अस्ट्रेलियाकी क्लार्क
छायाँमा परिन् । अहिले पनि महिला क्रिकेट खेलाडी अगाडी आउन सकेका छैनन् ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...