एजेन्सी
- अनुष्का शर्मा र बिराट कोहलीविच ब्रेक भयो भनेर दुःखी हुनेहरुका लागि खुशीको खबर
छ । उनीहरुको सम्बन्ध सुध्रिएको छ । कलकत्ताको इडन गार्डेनमा भएको टी २० क्रिकेटमा टिम इण्डियाले पाकिस्तानलाई
जितेको खुसीयालीमा अनुष्काले विराटलाई बधाई दिएकी छिन् । अनुष्का र विराटको
सम्बन्ध बिग्रनुमा आर्थिक कारण पनि हो भन्नेहरु धेरै छन् । केही भारतीय मिडियाले उल्लेख गरे अनुसार ‘बाम्बे ब्यालेट’ असफल भएपछि
उनीहरुको सम्बन्ध बिग्रेको थियो ।
उक्त चलचित्रमा बिराटले ४० करोड लगानी गरेका थिए
भने, लगानी गर्न अनुष्काले उक्साएकी थिइन् । एकसय २० करोडमा बनेको उक्त फिल्मले जम्मा
२४ करोड ब्यापार गरेको थियो । आफ्नो ४० करोड डुबेको कारण विराट अनुष्कासँग रिसाएका
थिए भने सोही पैसाका विषयमा उनीहरुविच केही पटक भनाभन समेत भएको थियो ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...