काठमाडौं
– विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबियाविरुद्व हुने खेलका लागि नेपालको
तयारी तीब्र गतिमा भइरहेको छ । वैशाख ४ र ६ गते त्रिवि क्रिकेट मैदानमा हुने खेलका
लागि नेपालको तयारी भौतिक पूर्वाधारको उन्नती, मैदान र टिममा रहेको छ । नामिबियाको
खेलसँगै नेपालमा ३ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट फर्किने छ । सन् २०१३ को मार्च–अप्रिलमा
एसीसी ट्वान्टी–२० भएयता नेपालमा कुनै अन्तर्राष्ट्रिय खेल आयोजना भएको छैन । यसअघि
पनि नोभेम्बरमा च्याम्पियनसिपकै नेपाल र पपुवा न्यु गिनीबीचको खेल काठमाडौंमै हुने
तालिका थियो । वैशाख १२ को ठूलो भूकम्पमा भत्किएको कीर्तिपुर स्थित त्रिवि क्रिकेट
मैदानको भौतिक संरचना मर्मत हुन नसकेपछि यो खेल नोभेम्बरमा युएईमा भएको थियो । नामिबियासँगको
खेलमा पनि अन्तर्राष्टिय क्रिकेट परिषद (आईसीसी) ले सशर्त हुन लागेको हो । यसमा पनि
विषय त्यही मैदानको पूर्वाधार स्तरनोति र सुरक्षा प्रत्याभुति नै छ । खबर पुरा पढ्नुहोस् ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...