काठमाडौं
- कोलकत्ताको ईडन गार्डेनमा टी-२० विश्वकपको फाइनल भिडन्तमा इंग्ल्याण्डको ब्याटिङ
राम्रो रहेन । तर, टीमले १५० रन पार गर्यो । १५६ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजको
पनि सुरुवात निकै खराब रहृयो । जोनसन चार्ल्स, क्रिस गेल र लिन्डल सिमन्स आउट हुँदा
टीमको स्कोर ११ रन थिययो । मर्लेन सामुअलले टिम सम्हाले । तर, अन्तिम ओभरको पहिले इंल्याण्डले
बाजी मार्ने देखियो ।
वेष्टइण्डिजलाई जितका लागि ६ बलमा १९ रन चाहियो । इंग्ल्याण्डले
बेन स्टोक्सलाई नै बल थमायो भने क्रिजमा कार्लोस ब्रेथवेट थिए । आठौं टी-२० म्याच खेलिरहेका
ब्रेथवेटका अगाडि बेन स्टोक्स निकै अनुभवी थिए । तर, पहिलो बल उनले लेग स्टम्पमा फाले
। योर्कर फल्ने प्रयासमा सफल भएनन् र ब्रेथवेटले पावरफुल सट हान्दै ब्याकवर्ड स्क्वायर
लेगको बाहिर पठाए । अब वेष्टइण्डिजलाई पाँच बलमा १३ रन चाहियो । ब्रेथवेटले दोस्रो
बलमा पनि स्टोक्सलाई कुनै मौका दिएनन् र बललाई लङ अन बाउन्ड्री पार गराए । अब चार बलमा
७ रन भए पुग्यो । तर, तेस्रो बलमा ब्रेथवेटले लङ अफ बाउन्ड्रीको बाहिर छ रनका लागि
स्ट्रोक लगाए । ओभर सुरु हुनु अघि खेल इंग्ल्याण्डको पक्षमा थियो । ब्रेथवेटले तीन
बलमा लगातार छक्का हान्दै वेष्टइण्डिजको पोल्टामा पारे । तर, उनी त्यतिमै रोकिएनन्
। उनले चौथो बल पनि मिड विकेट बाहिर छ रनका लागि पठाउँदै वेष्टइण्डिजका लागि अविश्वसनीय
जित दिलाए । बेन स्टोक्स तीन छक्कापछि नै घुँडामा हात राखेर बसेका थिए । ब्रेथवेट ब्याटिङ
हेर्दा यस्तो लाग्थ्यो यदि छ बलमा छ छक्का चाहिएको भए पनि उनीबाट सम्भव थियो । उनको
अलराउण्ड क्षमता पहिले पनि देखिएको हो ।
तर, टी-२० विश्वकपकोे फाइनलको चार छक्का विश्वभरका
क्रिकेट प्रेमीले लामो समयसम्म याद राख्नेछन् र बेन स्टोक्सले त कहिल्यै भुल्ने छैनन्
।
हेर्नुहोस् पुरा
भिडियो:
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...