१. तमिम इकवाल खान
भारतमा
भएको ट्वेन्टी–ट्वेन्टी विश्वकपमा बंगलादेशका २७ वर्षे ब्याट्सम्यान तमिम इकबाल खानले
सबैभन्दा धेरै दुई सय ९५ रन बनाए । समूह चरण र सुपर टेनमा गरी ८ खेल खेलेका उनले २
सय ७ बलको सामना गरेको थिए । खानले सर्वाधिक रन बनाए पनि आफ्नो देशलाई भने नक आउट चरणमा
पुर्याउन भने सकेनन् । यो विश्वकपमा एकै खेलमा सबैभन्दा बढी रन बनाउने पनि खान नै
रहे । उनले ओमानसँगको खेलमा १ सय ३ रन बनाएका थिए । जम्मा ८ खेल खेल खेलेका बाँया हाते
ब्याट्सम्यान खानले सबैभन्दा कम ३ रन रन न्युजिल्याण्ड विरुद्धको खेलमा बनाए ।
२. विराट कोहली
सबैभन्दा
बढी रन बनाउनेको दोस्रो नम्बरमा रहे भारतका ब्याट्सम्यान विराट कोहली । २७ वर्षे ब्याट्सम्यान
कोहलीले १८६ बलको सामना गरी जम्मा दुई सय ७३ रन बनाए । ५ खेल खेलेका कोहलीले सेमिफाइनलमा
वेष्ट इन्डिजविरुद्ध सबैभन्दा बढी ८९ रन बनाए पनि आफ्नो देशलाई फाइनलमा पुर्याउन सकेनन्
। त्यस्तै कोहलीले न्युजिल्याण्डविरुद्ध सबैभन्दा थोरै २३ रन मात्र बनाएका थिए ।
३. जोय रुट
इंग्ल्याडका
जोसेफ इडवार्ड रुट जोय सबैभन्दा बढी रन बनाउने सूचिको तेस्रो नम्बरमा परे । उनले एक
सय ७० बलको सामना गर्दै कुल दुई सय ४९ रन बनाए । २५ वर्षे दायाँ हाते ब्याट्सम्यान
रुटले जम्मा ६ खेल खेलेका थिए । जसमा सबैभन्दा बढी ८३ रन साउथ अफ्रिकासँग बनाए । इंग्ल्याण्डलाई
फाइनमा पुर्याउनमा उनले महत्वपूर्ण योगदान गरेका थिए । वेष्ट इन्डिजसँगको फाइलनमा
उनले इंग्ल्याण्डका तर्फबाट सर्वाधिक ५४ रन बनाएपनि जित भने दिलाउन सकेनन् ।
४. मोहमद सेहजाद
समूह
चरण र सुपर टेनमा गरी सात खेल खेलेका अफगानिस्तानका २८ वर्षे मोहमद सेहजाद बढी रन बनाउनेको
सूचिमा चौंथो नम्बरमा रहे । एक सय ५८ बलको सामान गरेका उनले जम्मा दुई स २२ रन बनाए
। विकेट किपरसमेत रहेका ब्याट्सम्यान सेहजादले सबैभन्दा बढी ६१ रन स्कटल्याडविरुद्धको
खेलमा बनाए । इंग्ल्याडसँगको खेलमा भने उनले खाता पनि खोल्न सकेनन् ।
५. जोस बटलर
इंग्ल्याण्डका
जोस वटलरका नामले चिनिने जोसेफ चार्ल बटलर बढी रन बनाउने खेलाडीको सूचीमा पाँचौं नम्बरमा
परे । जम्मा ६ खेल खेलेका उनले एक सय २० बलको सामना गर्दै एक सय ९१ रन बनाए । विकेट
किपर समेत रहेका दाँया हाते २५ वर्षे ब्याट्सम्यान बटलरले सबैभन्दा बढी रन श्रीलंका
विरुद्धको खेलमा ६६ रन बनाए । वेष्ट इन्डिजसँगको फाइलनमा बटलरले ३६ रन बनाए ।
६. जासन रोय
इंग्ल्याण्ड
कै जासन रोय बढी रन बनाउनेको खेलाडीको सूचीमा छैटौं नम्बरमा रहे । ६ खेल खेलेका २५
वर्षे रोयले एक सय २० बलको सामना गर्दै एक सय ८३ रन बनाए । जसमा सबैभन्दा बढी उनले
न्युजील्याण्ड विरुद्धको खेलमा ७८ रन बनाए भने सबैभन्दा कम अफगनिस्तान विरुद्धको खेलमा
५ रन बनाएका थिए । रोयले पनि इंग्ल्याण्डलाई फाइनलमा पुर्याउन महत्वपूर्ण योगदान दिएका
थिए । उनले फाइनलमा एक रन पनि बनाउन सकेनन् ।
७. क्विन्टन डी कक
दक्षिण
अफ्रिकाका क्विन्टन डी कक बढी रन बनाउने खेलाडीको सूचीमा सातौं नम्बरमा परे । जम्मा
चार खेलमात्र खेलेका कोकले एक सय ७ बलको सामना गर्दै एक सय ५३ रन जोडेका थिए । विकेट
किपरसमेत रहेका २५ वर्षे ब्याट्सम्यान ककले सबैभन्दा बढी ५६ रन भारत विरुद्धको खेलमा
बनाएका थिए ।
८. सहवीर रहमान
बंगलादेशका
सहवीर रहमान बढी रन बनाउने खेलाडीको सूचीमा आठौं नम्बरमा परे । समूह चरण र सुपर टेनमा
गरी जम्मा सात खेल खेलेका रहमानले एक सय १९ बलको सामना गर्दै एक सय ४७ रन बनाएका थिए
। २४ वर्षे दायाँ हाते ब्याट्सम्यान रहमानले सबैभन्दा बढी ४४ रन ओमान विरुद्धको खेलमा
बनाएका थिए ।
९. उसमान खाउजा
अष्ट्रेलियाका
उसमान खाउजा बढी रन बनाउने खेलाडीको सूचीमा नवौं नम्बरमा परे । अष्ट्रेलिया समूह चरणबाटै
घर फर्केकाले जम्मा ४ खेल मात्र खेल्न पाएका खाउजाले एक सय चार बलको सामना गर्दै एक
सय ४३ रन बनाएका थिए । २९ वर्षे खाउजाले सबैभन्दा बढी ५८ रन बंगलादेश विरुद्धको खेलमा
बनाएका थिए ।
१०.अस्घर स्टानिखजाई
अफगानिस्तानका
अस्घर स्टानिखजाई यो विश्वकपमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यानको १० औं नम्बरमा
पर्न सफल रहे । ७ खेल खेलेका उनले एक सय ३१ बलको सामना गर्दै एक सय ४१ रन बनाए । २८
वर्षेे ब्याट्सम्यान अस्घरले सबैभन्दा बढी ५५ रन स्कटल्याण्डसँगको खेलमा बनाएका थिए
।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...