काठमाडौं
– वेस्ट–इन्डिज कप्तान डारेन सामीले आफ्नो टिम क्यारेबियन क्रिकेट समर्थकको अनुहारमा
खुसी फर्काउन सक्ने विश्वासमा रहेको शुक्रबार बताएका छन् । विश्व ट्वान्टी–२० को फाइनल
प्रवेशका लागि वेस्ट–इन्डिजले भारतलाई स्तब्ध पारेपछि टिम उपाधिको ह्याट्रिक गर्ने
दुर्लभ मोडमा पुगेको छ । आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको उपाधिका लागि
आइतबार इंग्ल्याण्ड र वेष्ट इन्डिजबिच प्रतिस्पर्धा हुँदैछ ।
कोलकाताको इडन गार्डेन
मैदानमा बेलुका सवा सात बजे दुई टोली उपाधिका लागि आमने सामने हुने छन् । इंग्ल्याण्ड
सेमिफाइनलमा न्युजिल्याण्डलाई सात विकेटले हराएर फाइलनमा आइपुगेको हो । यस्तै वेष्ट
इन्डिजले आयोजक भारतलाई सात विकेटले नै हराएर फाइनलमा स्थान बनाएको हो । इंग्ल्याण्ड
र वेष्ट इन्डिज दुवैले यसअघि एक एक पटक ट्वेन्टी–ट्वेन्टी विश्वकपको उपाधि जितेका छन्
।
इंग्ल्याण्डले सन् २०१० मा वेष्ट इन्डिजमा भएको खेलमा अस्ट्रेलियालाई सात विकेटले
हराएर उपाधि उचालेको थियो । यस्तै वेष्ट इन्डिजले सन् २०१२ मा श्रीलंकामा भएको खेलमा
घरेलु टोलीलाई ३६ रनले हराएर उपाधि जितेको थियो । इंग्ल्याण्ड र वेष्ट इन्डिज
दुवै टोली यो पटक उपाधि उचाल्दै ट्वेन्टी–ट्वेन्टी विश्वकपमा दुई पटक उपाधि जित्ने
पहिलो टोली बन्ने लक्ष्यका साथ मैदान उत्रने छन् । इंग्ल्याण्ड इओन मोर्गान तथा वेष्ट
इन्डिज डरेन सामीको कप्तानीमा मैदान उत्रने छ । १९७० र १९८० बीच वेस्ट–इन्डिजले विश्व
क्रिकेटमा एकलौटी वर्चस्व कायम राखेको थियो । यसक्रममा उसले सन् १९७५ र १९७९ मा वान–डे
विश्वकप जितेको थियो । त्यसयता खस्कन सुरु गरेको वेस्ट–इन्डिजले आफूलाई विवाद र आरोप–प्रत्यारोपबीच
सम्हाल्न सकिरहेको थिएन ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...