काठमाडौं
– महिलातर्फको ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको उपाधि वेष्ट इण्डिजले
जितेको छ । भारतको कोलकतामा भएको फाइनलमा लगातार ३ पटकको विजेता अष्ट्रेलियालाई
८ विकेटले हराउँदै वेष्ट इण्डिजले उपाधि जितेको हो । जितका लागि पाएको १ सय ३९ रनको
सामान्य लक्ष्य वेष्ट इण्डिजको महिला टिमले खेल सकिन ३ बल बाँकी छँदै २ विकेट गुमाएर
भेट्टायो ।
वेष्ट इण्डिजलाई जिताउन हेली म्याथ्युजले ६६ र स्टाफानी टेलरले ५९ रन बनाइन्
। यसअघि पहिला ब्याटिङ गरेको अष्ट्रेलियाको महिला टिमले २० ओभरमा ५ विकेट गुमाउँदै
१ सय ४८ रन बनाएको थियो । अष्ट्रेलियाका लागि इल्से भिलानी र मेग लन्निङले समान ५२
रन बनाए । सन् २००९ बाट सुरु भएको ट्वेन्टी–ट्वेन्टी महिला विश्वकप क्रिकेटको
पहिलो संस्करण आयोजना इंग्ल्याण्डले जितेको थियो भने त्यसपछिका ३ वटा संस्करणमा अष्ट्रेलियाले
कब्जा जमाएको थियो । यो पटकको विजेता वेष्ट इण्डिज पहिलो पल्ट फाइलनमा पुगेको हो ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...