काठमाडौं
- ट्वेन्टी-ट्वेन्टी विश्वकप क्रिकेटको उपाधि वेष्ट इण्डिजले जितेको छ ।
भारतको कोलकातामा
आइतबार बेलुकी भएको फाइनलमा इंग्ल्याण्डलाई ४ विकेटले हराउँदै वेष्ट इण्डिजले दोश्रो
पल्ट ट्वेन्टी ट्वेन्टी विश्वकपको उपाधि जितेको हो ।
वेष्ट इण्डिजले यसअघि सन् २०१२
को ट्वेन्टी ट्वेन्टी विश्वकप जितेको थियो । कोलकातामा इंग्ल्याण्डविरुद्ध जितका
लागि पाएको १ सय ५६ रनको लक्ष्य क्यारेबियन टिमले खेल सकिन २ बल अघि ६ विकेट गुमाएर
भेट्टायो ।
वेष्ट इण्डिजका लागि मार्लोन स्यामुअल्सले नट आउट ८५ रन बनाए । ६६ बल खेलेका
उनले ९ चौका र २ छक्का हानेका थिए । जितका लागि वेष्ट इण्डिजलाई अन्तिम ओभरमा १९ रन
चाहिएको थियो । बेन स्टोकको ओभरमा ब्रेथवाइटले लगातार चार छक्का हानेर वेष्ट इण्डिजलाई
जिताए । १० बलमा ३४ रन बनाएका उनी नट आउट रहे । यसअघि पहिला ब्याटिङ्ग गरेको इंग्ल्याण्डले
निर्धारत २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । इंग्ल्याण्डका लागि जोय
रुटले ५४ र जोु बट्लरले ३६ रन बनाए ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...