काठमाडौँ
- भारतको कोलकातास्थित इडन गार्डनमा भएको रोमाञ्चक खेलमा इंगल्यान्डलाई ४ विकेटले हराउँदै
वेस्ट इन्डिजले टी २० विश्वकपको उपाधि जितेको छ । टस जितेर फिल्डिङ रोजेको वेस्ट इन्डिजले
इंग्ल्यान्डलाई निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १५५ रनमा रोकेको थियो । वेस्ट
इन्डिजको विजय अन्तिम ओभरसम्म पनि निश्चित भएको थिएन । अन्तिम ओभरमा वेस्ट इन्डिजलाई
आवश्यक थियो ६ बलमा १९ रन । स्टोक्स आए बलिङ गर्न । पहिलो बलमा आठौँ नम्बरमा ब्याटिङ
गर्न आएका ब्रथवेइटेले छक्का प्रहार गरे । अब पाँच बलमा १३ रन आवश्यक थियो । दोस्रो
बलमा अर्को छक्का उनैले प्रहार गरे । अब चार बलमा ७ रन आवश्यक । र, फेरि पनि उनैले
अर्को छक्का हानेपछि स्कोर बराबर भयो । अब तीन बलमा मात्र एक रन आवश्यक थियो विजयका
लागि ।
अन्ततः उनले फेरि अर्को छक्का हानी वेस्ट इन्डिजलाई विजयी बनाए । समूह चरणमा यी दुवै
टोली ग्रुप ए मा थिए । पहिलो खेलमा वेष्टइन्डिजले इंग्लिस टोलीलाई हराएको थियो । समूह
चरणमा दुवैले एक/एक खेल हारेका थिए । इंग्ल्याण्ड वेस्ट इन्डिजसँग र वेस्ट इन्डिज अफगानिस्तानसँग
।
खेलका
५
रोचक
तथ्य
१)
वेस्ट इन्डिजका तर्फबाट बलिङ आक्रमणमा आएका बदरीले पहिलो ओभरको पहिलो बलमा नै एलबिडब्ल्यु
अपील गरेका थिए । तर अम्पायरले दिएनन्। पहिलो बलमै नर्भस भइसकेका रोयलाई उनले दोस्रो
बलमा सून्यमा आउट गरिदिए ।
२) इंग्ल्यान्डका दुई ब्याट्सम्यान रोय र अलि सून्यमा आउट भए। हालेस एकमा, मोर्गन ५
मा र प्लन्केट ४ रनमा आउट भए । सबभन्दा बढी ५४ रन रुटले बनाए । वेस्ट इन्डिजका सिम्मोन्स
० मा, चार्ल्स र रस्सेल १ मा, साम्मी २ मा र गेल ४ रनमा आउट भए ।
३) ११० रनबाट १११ रन स्कोरबोर्डमा बन्दासम्म इंगल्यान्ड पाँच विकेटबाट सात विकेट गुमाएको
स्थितिमा थियो । १३.४ ओभरमा पाँचौँ, १३.६ ओभरमा छैटौँ र १४.१ ओभरमा सातौँ विकेट गुमेको
थियो ।
४) जवाफी ब्याटिङमा उत्रेको वेस्ट इन्डिजको सुरुवात पनि गतिलो भएन। ११ रन बनाउँदै तीन
विकेट गुम्यो वेस्ट इन्डिजको । दोस्रो ओभरका तीन बलमै वेस्ट इन्डिजका चार्ल्स र गेलले
बाटो तताए । सेमिफाइनलका हिरो सिम्मोन्स पनि तेस्रो ओभरको तेस्रो बलमा आउट भए ।
५) इंग्ल्यान्डको पारीमा जम्मा पाँच वटा छक्का प्रहार भयो। वेस्ट इन्डिजको पारीमा छक्का
हेर्न १३.३ ओभरसम्म कुर्नुपर्यो । ब्राभोले वेस्ट इन्डिजको तर्फबाट पहिलो छक्का हानेका
थिए । अन्तिम ओभरमा चार छक्काले वेस्ट इन्डिजलाई विजयी बनायो । त्यसबाहेक थप ३ छक्का
गरी कूल ७ छक्का हान्यो ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...