काठमाडौं - विश्व
क्रिकेट लिग च्याम्पियनसिपमा नामिवियाविरुद्ध वैशाख पहिलो साता हुने खेलका लागि नेपालका
पूर्व प्रशिक्षिक पुबुदु दसानायके नेपाल आउने पक्का भएको छ । अन्तराष्ट्रिय क्रिकेट
काउन्सील आईसीसीको प्रस्तावमा पुबुदु नेपालको सल्लाहकार प्रशिक्षक बन्न सहमत भएका छन्
। उनी यहि चैत २२ गते नेपाल आउने पक्का भएको छ । पुबुदुले नेपालका प्रशिक्षक जगत टमटालाई
सहयोग गर्ने आइसीसीका एसिया डेभलपमेन्ट म्यानेजर बन्धुला वर्नापुराले जानकारी दिए ।
उनले भने, ‘पुबुदुले हाम्रो निम्तो स्वीकार गरेका छन् । उनी नेपाल आउँदैछन् । ‘ वर्नापुराका
अनुुसार पुबुदु नेपाली टीमको छनोटमा भने प्रत्यक्ष सहभागी हुने छैनन् । आइसीसीको सर्तअनुसार
बनेको स्वतन्त्र कमिटीले नेपालको टीम छनोट गर्नेछ । जुन कमिटीमा कप्तान पारस खड्का
र प्रशिक्षक टमाटा छन् भने आइसीसीका प्रतिनिधि सल्लाहकारको रुपमा रहनेछन् । नेपालले
नामिवियासँग वैशाख ४ र ६ गते कीर्तिपुरमा खेल्ने छ ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...