काठमाडौं
– भारतका ब्याट्सम्यान विराट कोहली आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट २०१६ को प्लेयर अफ दि टुर्नामेन्ट
घोषित
भएका छन् । कोहली लगातार दोस्रो पटक प्लेअफ दि टुर्नामेन्ट घोषित भएका हुन् । उनी यसअघि
सन् २०१४ मा बंगलादेशमा भएको ट्वेन्टी–ट्वेन्टी विश्वकपमा पनि प्लेयर
अफ दि टुर्नामेन्ट घोषित भएका थिए । यो विश्वकपमा भारतलाई सेमिफाइनलसम्म पु¥याउन
कोहलीले ठूलो भूमिका खेलेका थिए । कोहलीलाई पूर्व क्रिकेट तथा कमेनटेटरको समूहले सर्वसम्मतिले
प्लेअर अफ दि टुर्नामेन्टको रुपमा छनौट गरेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद
आइसिसीले जनाएको छ । प्लेअर अफ दि टुर्नामेन्ट घोषित भएपछि कोहलीले भने ‘घरेलु मैदानमा
सेमिफाइलनसम्म मै सीमित हुनु पर्दा दुःख लागेको छ । तर प्लेअर अफ दि टुर्नामेन्टको
अवार्ड पाउँदा गर्व लागेको छ ।’ कोहलीले यसपटक विश्वकपमा पाँच पारीमा एक सय १३६.५०
को औषतमा दुई सय ७३ रन बनाएका छन् । उनको स्ट्राइक रेट एक सय ४७ छ । कोहलीले न्युजिल्याण्डसँगको
खेलमा २३, पाकिस्तानसँगको खेलमा नटआउट ५५, बंगलादेशसँगको खेलमा २४, अस्ट्रेलियासँगको
खेलमा नटआउट ८२ तथा वेष्ट इन्डिजसँगको सेमिफाइनलमा नटआउट ८९ रन बनाएका थिए ।
कोहलीले
सन् २०१४ को विश्वकपमा तीन सय १४ रन बनाएका थिए ।
हेर्नुहोस् पुरा भिडियो:
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...