श्रीलंकाका
क्रिकेट लेजेन्ड कुमार सांगाकारा बिहीबार आफ्नो करिअरकै अन्तिम टेस्ट खेल्ने तयारीमा
छन् । भारतबिरुद्धको दोस्रो टेस्ट उनको टेस्ट करिरकै अन्तिम खेल हुनेछ । श्रीलंकन क्रिकेट
टिममा विकेट-किपरका रुपमा आफ्नो खेलजीवन सुरु गरेका उनी स्टाइलिस र प्रभावकारी ब्याट्म्यान
बन्न पुगे । उनलाई भारतीय क्रिकेट टिमका निर्देशक रवी शास्त्रीले दुई महान खेलाडीसँग
तुलना गर्छन् । उनले भनेका छन्-‘ उनी एकपटक टप २ वा ३ खेलडिको लिस्टमा परेपछि कहिल्यै
बाहिरिएका छैनन् । त्यो लिस्टमा असफल थारै मात्रै खेलाडिछन् । जसमा एक सचिन तेन्दुलकर
पनि हुन् ।’ उनले थुपै्र दोहोरो शकक पनि बनाएका छन् । उनी डन ब्राडम्यानसँग बराबर छन्
। उनको जेनेरेशनका टप ब्याट्म्यानहरु सचिन तेन्दुलकर, रिक्की पोन्टिङ, ब्रायन लारा
र ज्याक कालिस भन्दा केहि कुरामा माथि छन् ।
सबैभन्दा राम्रो एभरेज
सांगाकाराको
प्रभावशाली कुरा भनेका उनको टेस्टमा एभरेज हो । फाइनल टेस्ट अघि उनको एभरेज ५७.७१ को
छ । उनको जेनेरेसनका टप खेलाडिहरु तेन्दुलकर, पोन्टिङ, कालिस र लारा भन्दा पनि उनको
एभरेज माथि छ । कालिसको टेस्टमा एभरेज ५५.३७ को छ । त्यस्तै सचिनको ५३.७८, लाराको ५२.८८
र पोन्टिङको ५१.८५ को एभरेज छ ।सांगाकार टेस्ट क्रिकेटमा सर्बाधिक रन बनाउने पाचौं
क्रिकेटर हुन् । त्यस्तै सर्वाधिक शतकको लिस्टमा उनी चौथो नम्बरमा छन् ।
सर्वाधिक दोहोरो शतक
उनी
टेस्ट क्रिकेटमा सबैभन्दा धेरै दोहोरो शतक बनाउने दोस्रो खेलाडी हुन । उनले भन्दा अगाडि
डन ब्राडम्यान छन् । डनले १२ बटा दोहोरो शतक बनाएका थिए । उनको जेनेरेशनका तेन्दुलकर,
पोन्टिङ र लारा उनीभन्दा पछि परे । सांगाकाराले ११ दोहोरो शतक बनाएका छन् ।
विकेट किपरको भूमिकाले भारी पार्यो
सांगाकाराले
विकेट किपरको रुपमा ४८ टेस्ट खेले । जसमा उनको एभरेज मात्र ४०.४८ को थियो । तर, स्पेसलिस्ट
ब्याट्म्यानको रुपमा ८५ टेस्ट खेलेका उनको एभरेज ६७.३९ छ । जसमा उनको करियरका ३८ मध्ये
३१ शतक पनि पर्छन् ।
Thursday, August 20, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...